+
+

युरोपले आफूलाई अमेरिकाको पिछलग्गु बन्नबाट रोक्नुपर्छः म्याक्रों

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २७ गते १२:०३

२७ चैत, काठमाडौं । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले युरोपलाई अमेरिकामाथिको आफ्नो निर्भरता घटाउन सुझाव दिएका छन् ।

बीबीसीका अनुसार उनले ताइवानको मुद्दामा युरोपेली देश चीन र अमेरिकाको बीचमा आउन नहुने प्रतिक्रिया समेत दिए । चीनले ताइवानसँग जोडिएको क्षेत्रमा सैन्य अभ्यास गरिरहेको बेला तीन दिने चीन भ्रमण गरेर फर्कने बेला उनले दिएको अभिव्यक्तिलाई अर्थपूर्ण मानिएको छ ।

म्याक्रोंले आफ्नो चीन भ्रमणको उद्देश्य युक्रेन समस्या अन्त्य गर्न चिनियाँ नेतृत्वलाई दबाव दिनुरहेको बताएका छन् ।

युरोपको पोलिटिको अखबार र दुई फ्रान्सेली पत्रकारसँग कुरा गर्दै म्याक्रोंले युरोप ‘कुटनीतिक स्वायत्तता’ मा उभिनुपर्नेमा जोड दिए । फ्रान्सको नेतृत्वमा युरोप ‘तेस्रो महाशक्ति’को रूपमा उभिएको म्याक्रों चाहन्छन् ।

चीनका राष्ट्रपति सी जिनपिङलाई भेटेपछि बेइजिङदेखि ग्वाङ्झाउ जाने विमानमा अन्तर्वार्ता दिएका म्याक्रोंले सरोकारभन्दा बाहिरको समस्यामा फसेर युरोपले ठूलो जोखिम लिइरहेको र यसबाट युरोप आफ्नो रणनीतिक स्वायत्तता अपनाउनबाट चुकिरहेको टिप्पणी गरे ।
‘यो विडम्बना हो कि युरोपले अमेरिकाको अनुयायी हो भन्ने विश्वास गर्छ , युरोपका जनताले ताइवानमा तनाव बढाउनु आफ्नो हितमा छ/छैन भन्ने प्रश्नको जवाफ खोज्नुपर्छ,’ उनले भने, ‘सबैभन्दा नराम्रो कुरा यो हो कि हामी युरोपेलीहरूले यस विषयमा अमेरिकाजस्तै सोच्न थाल्यौं र अमेरिकी एजेन्डा र चीनको प्रतिक्रिया हेरेर कदम चाल्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?