+
+

ललितपुरमा लैंगिक हिंसामा परेकाको उद्धारका लागि हटलाइन सेवा

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २७ गते १३:३१

२७ चैत, काठमाडौं । ललितपुर महानगरपालिकाले लैंगिक हिंसामा परेकाहरुको उद्धार र राहतका लागि हटलाइन सेवा सुरु गरेको छ ।

हिंसामा परेका व्यक्तिले तत्काल उद्धार र राहत पाउनका लागि ११३१ मा सम्पर्क गर्न सक्छन् । नगर प्रहरी लैंगिक हिंसाका बारेमा चेतना जगाउन र हटलाइन ११३१ को बारेमा जानकारी दिन चोकमा पुग्न सुरु गरेका छन् ।

नगर प्रमुख चिरिबाबु महर्जनले लैंगिक हिंसा न्यूनीकरणका लागि हटलाइन नम्बरको प्रयोगले सहयोग गर्ने बताए । हिंसारहित महानगर भएमात्रै महानगर स्मार्ट हुने उनले प्रष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?