+
+

पानी जहाज र रेलको कुरा गरेर आर्थिक संकट निम्त्याइयो : सांसद लामा

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २७ गते १५:३३

२७ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद छिरिङ ल्हामु लामा तामाङले विगतका सरकारले पानी जहाज, रेल, घर घरमा ग्यासजस्ता कुरा गरेर देशमा आर्थिक संकट निम्त्याएको आरोप लगाएकी छन् ।

सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद लामाले विगतको सरकारले अनुत्पादित क्षेत्रमा लगानी गरेका कारण अहिले देश आर्थिक संकटमा परेको बताएकी हुन् ।

‘अहिले देश आर्थिक संकटमा छ, किन यस्तो आवस्था आयो ? पक्कै पनि पहिलेका सरकारले ध्यान नदिएर होला । पानी जहाज, रेल, घर घरमा ग्यास, लाइनको कुरा गरेर समय खेर फालेर होला’ उनले भनिन् । सांसद लामाले यसअघिका सरकारले आवश्यक तुलनात्मक लाभका क्षेत्रमा लगानी नगरेको भन्दै अब गम्भीर समीक्षा गर्न आवश्यक रहेको बताइन् ।

नेपालले जडिबुटी, जल, जंगल, अर्गानिक कृषि र पर्यटन क्षेत्र रहेको भन्दै सांसद लामाले कर्णालीको जडिबुटीलाई पहिलो प्राथमिकता दिन र निर्यात गरेर डलर आयात गर्न सकिने बताइन् ।

‘कर्णालीको जडिबुटी आफैंमा सुनको मूल्य बराबर छ, यसको प्रवद्र्धन र बजारीकरणले देशलाई आर्थिक संकटमुक्त गर्न सकिन्छ’, सांसद लामाले भनेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?