
२७ चैत, काठमाडौं। सन्तोष साहुखलले सात वर्षपछि थ्रीस्टार फर्केर गोल गरे पनि शहीद स्मारक लिगमा सोमबार शीर्ष स्थानको मनाङ मर्स्याङ्दी क्लबसँग १-१ को बराबरी खेलेको छ ।
दशरथ रंगशालमा भएको खेलमा दुवै गोल खेलको दोस्रो हाफमा भएको थियो । जहाँ सन्तोष साहुखलले ७८औं मिनेटमा पूर्व क्लब मनाङ विरुद्ध गोल गर्दै थ्रीस्टारलाई अग्रता दिलाएका थिए । तर त्यो अग्रता लामो समय टिकेन ।
मनाङका लागि ८४औं मिनेटमा विदेशी खेलाडी टिमोथी कोउडोले बराबरी गोल फर्काए । बराबरीपछि मनाङले जारी सिजन अपराजित यात्रालाई ७ खेलसम्म कायम राखेको छ ।
४ खेल जितेको मनाङले ३ खेल बराबरी खेलेको छ । ७ खेलबाट १५ अंक जोडेर शीर्ष स्थानमा कायम छ ।
सातौं चरणको खेल समाप्त हुँदा मनाङले दोस्रो स्थानको जावलाखेल युथ क्लबमाथि एक अंकको अग्रता बनाएको छ । ७ खेलबाट ११ अंक जोडेको थ्रीस्टार छैटौं स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4