+
+

प्रधानमन्त्रीलाई उद्योग मन्त्रीको आग्रह : बैंकको ब्याजदर घटाइदिनुस्

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २८ गते १२:३०

२८ चैत, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले प्रधानमन्त्रीसँग बैंकको ब्याजदर घटाउन आग्रह गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री रिजालले यस्तो आग्रह गरेका हुन् ।

अर्थतन्त्र राम्रो अवस्थामा नरहेको भन्दै उनले ब्याज न्यूनीकरणले धेरै समस्या समाधान गर्ने बताए । निजी क्षेत्रको सहयोगबाटै समृद्धि हासिल हुने भन्दै मन्त्री रिजालले भने, ‘जे पर्छ पर्छ म प्रधानमन्त्रीलाई भन्छु ब्याजदर घटाइदिनुस् ।’ उनले अन्तर सरकारी समन्वय बढाउने पनि बताए ।

अर्थतन्त्र राम्रो अवस्थामा नरहेको भन्दै उनले निजी क्षेत्रको सहयोगबाट मात्रै समृद्धि हासिल गर्न सकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?