+
+

‘नाइँ नभन्नु ल ६’ वैशाख १५ मा आउने

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २९ गते १३:१८

काठमाडौं । फिल्म ‘नाइँ नभन्नु ल ६’ को नयाँ रिलिज मिति तय भएको छ । निर्माता तथा निर्देशक विकासराज आचार्यले वैशाख १५ गते फिल्म रिलिज गर्ने जानकारी दिए । वैशाख १ गते तय गरिएको पूर्वनिर्धारित प्रदर्शन रोकिएपछि ‘नाइँ नभन्नु ल’को छैटौं श्रृंखला दोस्रो साता आउन लागेको हो ।

सोही मितिमा ‘प्रसाद २’ र ‘कैदीको पत्र’ समेत आउने तय भइसकेको छ । ‘नाइँ नभन्नु ल ६’ आउने भएपछि ‘प्रसाद २’ सँग यसको बक्स अफिस प्रतिस्पर्धा हुनेछ । पाटन उच्च अदालतको आदेशपछि चैत २४ गते आउने तयारीमा रहेको ‘प्रसाद २’ रोकिएको थियो ।

वैशाख ८ गते सलमान खान स्टारर ‘किसीका भाइ किसीकी जान’, वैशाख २१ मा ‘ज्याकी : आईएम ट्वान्टी वान’ प्रदर्शन हुनेछन् । वैशाख २९ मा अहिलेसम्म कुनै फिल्मको प्रदर्शन तय भइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?