+
+

रौतहटको गरुडामा झडप, ६ जना प्रहरी घाइते

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २९ गते १५:४९

२९ चैत, काठमाडौं। रौतहटको गरुडामा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । झडपका क्रममा ६ जना प्रहरी र एक जना प्रदर्शनकारी घाइते भएका छन् ।

झडपमा परेर गरुडा-५ का गजेन्द्र साह घाइते भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

मेयर उम्मेदवार दीपक यादवले गरुडा नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्न खोजेपछि विवाद भएको र झडप भएको प्रहरीले जनाएको छ ।

झडप नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यासका साथै हवाइ फायर गरेको थियो ।

प्रदर्शनकारीको ढुंगामुढाबाट नगरपालिका वरिपरी रहेका गाडीमा क्षति भएको छ ।

प्रहरीले दिपक यादवसहित चार जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको रौतहट प्रहरीका एसपी वीरबहादुर बुढा मगरले बताए ।

साथै गरुडा क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?