+
+

गुजरातले पञ्जाबलाई ६ विकेटले हरायो

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १ गते ६:२०

१ वैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) मा बिहीबार भएको खेलमा साविक विजेता गुजरात टाइटन्सले पञ्जाब किंग्सलाई ६ विकेटले पराजित गरेको छ ।

यस सिजन तेस्रो जितपछि गुजरात तेस्रो स्थानमा उक्लेको छ । राजस्थान रोयल्स र लखनउ सुपर जायन्ट्ससँग समान अंक भए पनि रनरेटमा गुजरात पछि छ ।

पञ्जाबले दिएको १५४ रनको लक्ष्य गुजरातले १९.५ ओभरमा ४ विकेट गुमाएर पूरा ग¥यो । गुजरातका लागि ओपनर शुभमन गिलले ४९ बल खेल्दै ७ चौका र १ छक्का मदतमा सर्वाधिक ६७ रन बनाए । ऋद्मन शाहले ३० र साई सुदर्शनले १९ रन जोडे ।

डेविड मिलरले १८ बलमा अविजित १७ रन बनाए । चौका प्रहार गर्दै खेल जिताएका राहुल तेवाटियाले २ बलमा अविजित ५रन जोडे ।

बलिङमा पञ्जाबका अर्शदिप सिंह, कागिसो रबाडा, हरप्रित ब्रार र साम करनले समान १–१ विकेट लिए ।

त्यसअघि मोहालीस्थित घरेलु मैदान आईएस बिन्द्र मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाब किंग्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५३ रन बनाएको थियो ।

पञ्जाबका लागि म्याथ्यु सर्टले २४ बलमा सर्वाधिक ३६ रन बनाए । जितेश शर्माले २५ तथा साम करन र साहरुख खानले समान २२ रन जोड्दा भानुका राजापाक्षले २० रन जोडे ।

गुजरातका लागि मोहित शर्माले पहिलो खेल खेल्दै २ विकेट लिए । उनले ४ ओभरमा १८ रन खर्चिए ।

यस्तै मोहम्मद शामी, जोस लिटिल, अल्जारी जोसेफ र रासिद खानले समान १–१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?