+
+

नयाँ वर्षमा घुम्न गएका युवकको पोखरीमा डुबेर मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १ गते १३:३७

१ वैशाख, बुटवल । नयाँ वर्ष मनाउन पाल्पाको तिनाउ–३ झुम्सामा घुम्न गएका एक युवकको भूतखोला पोखरीमा डुबेर मृत्यु भएको छ ।

भैरहवाबाट साथीहरुसँगै घुम्न गएका सिद्धार्थनगर–१ बेलहियाका अन्दाजी ३० वर्षीय शिवम जैशवाल ढुङ्गामा चिप्लिएर पोखरीमा खसेर डुबेका थिए ।

उनलाई उद्धार गरी बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकोमा अस्पतालले मृत घोषणा गरेको स्थानीय प्रेम पाण्डेले जानकारी दिए ।

केही समयअघि पनि उक्त ठाउँमा घुम्न गएका अर्का एक युवकको पनि डुबेर ज्यान गएको थियो ।

घटनाबारे थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी विरेन्द्र थापाले जानकारी दिए ।

उक्त स्थानलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न प्रदेश सरकारको बजेटमा संरचनाहरु निर्माण र प्रचार प्रसार गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?