+
+

प्रधानमन्त्रीलाई ठाकुर गैरेको प्रश्न : यो व्यवस्था कसले उल्ट्याउन खोज्यो ?

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ३ गते १३:३१

३ वैशाख, काठमाडौं । नेकपा एमालेका नेता ठाकुर गैरेले यो व्यवस्था कसले उल्ट्याउन खोजेको हो भनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न गरेका छन् ।

नयाँ वर्षको दिन माओवादी केन्द्रको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले यो व्यवस्था संकटमा परेको र अहिलेको व्यवस्था उल्ट्याउन खोजिएको अभिव्यक्ति दिएका थिए ।

आइतबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै एमाले सांसद गैरेले सोधे, ‘नयाँ वर्षको दिन पार्टी कार्यालयमा यो व्यवस्था संकटमा प¥यो, यो उल्टिन लाग्यो भनेर के सन्देश दिन खोज्नुभएको हो ?’

संसद चलिरहेका बेला प्रधानमन्त्रीले यस्ता विषय संसदमा जानकारी गराउनुपर्ने सांसद गैरेले बताए । ‘यो सार्वभौम संसद चलिरहेका बेलामा प्रधानमन्त्रीले यो व्यवस्थामाथि संकट आएको हो भने सदनमा आउन पर्‍यो सदनलाई जानकारी गराउनुपर्छ’ उनले भने ।

उनले अगाडि सोधे, ‘कसले व्यवस्था उल्ट्याउन खोज्यो, कसको कारणले संकट पैदा भएको हो ?’ सांसद गैरेले व्यवस्थामाथि भएका सबै चुनौती सामना गर्न संसद तयार हुनुपर्ने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?