काठमाडौं । एनएमबि बैंकले १० औं हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ । २ वैशाखमा बबरमहलस्थित एनएमबि बैंकबाट सुरु भएको हेरिटेज वाक पाटन दरबार स्क्वायरसम्म पुगेर सम्पन्न भएको हो ।
समृद्ध नेपालको अपार सम्भावना सहित मुलुकको ऐतिहासिक तथा सामाजिक रुपान्तरणका लागि सांस्कृतिक सम्पदा प्रवर्द्धन तथा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले उक्त समारोहको आयोजना गरिएको बैंकले जनाएको छ ।
एनएमबि बैंकले नेपाल हेरिटेज सोसाइटीको सहकार्यमा आयोजना गरेको कार्यक्रममा बैंकका कर्मचारी, नेपाल हेरिटेज सोसाइटीका सदस्यहरु, ललितपुर उद्योग वाणिज्य संघका सदस्यहरु, नेपाल हस्तकला महासंघका सदस्यहरु, रोटेरी क्लब अफ पाटन हेरिटेजका सदस्यहरु तथा सर्वसाधारणहरु गरी लगभग ६०० जनाको सहभागिता रहेको थियो ।
कार्यक्रमको प्रमुख अतिथिका रुपमा ललितपुर महनगरपालिकाका मेयर चिरिबाबु महर्जन उपस्तिथ थिए । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सम्पदा संरक्षणका लागि नेपाल हेरिटेज सोसाइटीलाई ४ लाख ९० हजारको सहयोगका साथै पाटन संग्रहालयलाई डस्टबिनहरु समेत हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।
सोही प्रकारको कार्यक्रम वाग्मती बाहेकका अन्य ६ वटा प्रदेशमा समेत गरिएको बैंकले जनाएको छ । बैंकले प्रदेश १ मा ब्रम्हनन्द पुलदेखि बाराहक्षेत्र मन्दिरसम्म, मधेश प्रदेशमा लाहान शाखादेखि दुर्गा मन्दिर, गण्डकी प्रदेशमा चिप्लेढुङ्गा शाखादेखि केधारेश्वर मन्दिर, लुम्बिनी प्रदेशमा ट्राफिक चोक शाखादेखि कालिका मन्दिरसम्म र कर्णाली प्रदे्रश र सुदूरपश्चिम प्रदेशमा सुर्खेत शाखादेखि काँक्रेबिहार मन्दिर, धनगढी शाखादेखि शिवपुरी धाम मन्दिर र महेन्द्रनगर शाखादेखि सिद्धनाथ मन्दिरसम्म हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4