+
+

भारतबाट बढेर आयो इन्धनको मूल्य

१५ दिनमा निगम ६० करोड नाफामा

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ३ गते १८:३१

३ वैशाख, काठमाडौं । भारतबाट इन्धनको मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्य सूचीमा पेट्रोल र डिजल दुवैको मूल्य वृद्धि भएको नेपाल आयल निगमले जनाएको छ ।

नयाँ मूल्य सूची अनुसार पट्रोलमा करिब साढे ६ रुपैयाँ र डिजलको मूल्य प्रतिलिटर १ रुपैयाँले बढेर आएको नियमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए ।

इन्धनको मूल्य बढेर आएसँगै निगमको १५ दिनको नाफा घटेर करिब ६० करोड प्रक्षेपण रहेको उनले बताए । यसअघि २० चैतमा मूल्य घटाउँदा पनि १५ दिनको प्रक्षेपित नाफा ८० करोड रहेकोमा मूल्य बढेसँगै प्रक्षेपित नाफा घटेको उनले बताए ।

२० चैतमा निगमले पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाएर १७५ रुपैयाँमा झारेको थियो । यस्तै डिजलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटेर १६५ रुपैयाँ कायम गरेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा तेल उत्पादक देशहरुले तेलको उत्पादन कटौती गर्ने निर्णय गरेसँगै कच्चा तेलको मूल्य उकालो लागेको थियो । जसले गर्दा नयाँ प्राप्त मूल्य सूचीमा इन्धनको मूल्य बढेर आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?