+
+

कास्की मालपोतमा आर्थिक चलखेल भएको बारेमा तत्काल छानबिन गर्न मन्त्री श्रेष्ठको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ३ गते १८:३२

३ वैशाख , काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबि निवारण मन्त्री रञ्जिता श्रेष्ठले मालपोत कार्यालय कास्कीका कर्मचारीहरुले आर्थिक चलखेल गरि सेटिङमा काम गरेको भन्ने आरोप तत्काल छानबिन गर्न निर्देशन दिएकी छिन् ।

आइतबार मन्त्री श्रेष्ठले भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक पद्म निधि सोतीलाई ठाडो निर्देशन दिएकी हुन् ।

केही दिनअघि मात्रै मालपोत कार्यालय कास्कीका कर्मचारीहरुले आर्थिक चलखेल गरी सेटिङमा काम गर्ने गरेको एक टेलिभिजन कार्यक्रमबाट सार्वजनिक भएको थियो ।

सोही घटनाको बिषयमा थप सत्यतथ्य छानबिन गरी विभागीय कारवाही गर्न मन्त्री श्रेष्ठले निर्देशन दिएकको उनको सचिवालयले जनाएको छ ।

‘मैले नेतृत्व गरेको मन्त्रालय अन्तरगत हुने कुनै पनि अनियमितता, भ्रष्टाचार र गलत कामलाई म नजरअन्दाज गर्न सक्दिँन । जसरी मालपोत कार्यालय कास्कीको भिडियो मिडिया र सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, त्यस बिषयमा तत्काल छानबिन गरी रिपोर्ट बुझाउनु होला’, मन्त्री श्रेष्ठले महानिर्देशकलाई टेलिफोनमा भनिन् ।

मन्त्री श्रेष्ठले कास्की मात्रै हैन् अन्य जिल्लाको मालपोत तथा नापी कार्यालयहरुको अबस्था र समस्याका बिषयमा अध्ययन गरी रिपोर्ट पेश गर्न निर्देशन दिइन् । मालपोत र नापी कार्यालयहरुमा सेटिङमा हुने अनियमितताको जालो आफ्नो नेतृत्वमा न्युनीकरण गर्ने उनले   बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?