+
+

८ महिना बैंकहरुको नाफा ५३ अर्ब ६० करोड, कुन बैंकले कति कमाए ?

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ४ गते १९:४९

४ वैशाख, काठमाडौं । चालु आर्थिक वर्ष (आव) को ८ महिनामा बैंक तथा वित्तीय संस्थाको कुल नाफा ५३ अर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको २०७९ फागुन मसान्तसम्मको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाको कुल नाफा ५३ अर्ब ६० करोड रुपैयाँ पुगेको छ ।

४ खर्ब २४ अर्ब ८२ करोड ९० लाख रुपैयाँ चुक्ता पूँजीसहित ६ खर्ब ७२ अर्ब ५६ करोड रुपैयाँ पूँजीकोष रहेका बैंकहरुले ८ महिनाको उक्त मुनाफा आर्जन गरेका हुन् । फागुन मसान्तसम्म बैंकहरुले ५६ खर्ब १५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४८ खर्ब ५१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

फागुन मसान्तमसम्म वाणिज्य बैंकहरुले मात्रै ४८ अर्ब ८३ करोड रुपैयाँ नाफा कमाएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । फागुन मसान्तमा वाणिज्य बैंकहरुको ३ खर्ब ६८ अर्ब ५९ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी र कुल पूँजीकोष ६ खर्ब १ अर्ब २१ करोड ९० लाख रुपैयाँ पुगेको छ । वाणिज्य बैंकहरुले ४७ खर्ब ७१ अर्ब रुपैयाँ निक्षेप परिचालन गरी ४३ खर्ब १ अर्ब कर्जा लगानी गरेका छन् ।

वाणिज्य बैंकमा नाफाको आधारमा नबिल बैंक अगाडि देखिएको छ । गत असार अन्तिम साता नेपाल बंगालादेश बैंक*लाई गाभेको नबिल बैंकको नाफा ५ अर्ब माथि पुग्दा ग्लोबल आईएमई बैंक र एनआईसी एशिया बैंकको ४ अर्ब नाघेको छ ।

हिमालयनले सिभिललाई गाभेर माघदेखि मात्रै एकीकृत कारोबार सुरु गर्दा कुमारी र एनसीसी बैंकबीच मर्जर भई पुसमा एकीकृत कारोबार सुरु भएको थियो । यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकले मेगालाई र ग्लोबल आईएमई बैंकले बैंक अफ काठमाण्डुलाई पनि पुसमा मर्जर गरी एकीकृत कारोबार सुरु गरेको थियो ।

यस्तै प्रभु बैंकले सेञ्चुरी बैंकलाई पनि पुसा नै गाभेर एकीकृत कारोबार सुरु गरेको हो । गाभिने संस्थाको मर्जर अगाडिको वित्तीय विवरण छुट्टै लेखांकन हुने भएकोले गर्दा मर्जरमा जाने बैंक तथा वित्तीय संस्थाको विवरणमा केही फरक पर्न जान्छ ।

विकास बैंकहरुले आर्थिक वर्षको ८ महिना सकिंदा ३ अर्ब ७८ करोड रुपैयाँ नाफा कमाएको राष्ट्र बैंकले जनाएको छ । ३९ अर्ब ६३ करोड चुक्ता पूँजी र कुल पूँजीकोष ५२ अर्ब ८७ करोड रहेको विकास बैंकहरुले फागुन २०७९ सम्म करिब ५ खर्ब ३५ अर्ब निक्षेप संकलन गरी ४ खर्ब ५७ अर्ब रुपैयाँ भन्दा बढी कर्जा लगानी गरेका छन् ।

राष्ट्रिय स्तरका ८ विकास बैंकहरु छन् । जसमध्ये सबैभन्दा धेरै नाफा मुक्तिनाथ विकास बैंकले आर्जन गर्दा गरिमा र शाइन रेसुङ्गाले त्यसलाई पछ्याएका छन् ।

कुन विकास बैंकको नाफा कति ?

  • मुक्तिनाथ विकास बैंक : ८७ करोड
  • गरिमा विकास बैंक : ६६ करोड
  • शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक : ५६ करोड
  • महालक्ष्मी विकास बैंक : ४३ करोड
  • लुम्बिनी विकास बैंक : ३७ करोड
  • कामना सेवा विकास बैंक : ३२ करोड
  • सांग्रिला डेभलपमेन्ट बैंक : २९ करोड
  • ज्योति विकास बैंक : १८ करोड

फाइनान्स कम्पनीले पनि फागुन मसान्तसम्म ९८ करोड रुपैयाँ नाफा कमाएको राष्ट्र बैंकले जनाएको छ । करिब १४ अर्ब ८६ करोड चुक्ता पूँजी र १८ अर्ब ४८ करोड कुल पूँजीकोष रहेको छ ।

फाइनान्स कम्पनीले फागुन मसान्तसम्म १ खर्ब ९ अर्ब निक्षेप संकलन गरी करिब ९२ अर्ब ६८ करोड कर्जा लगानी गरेका छन् ।

(*यसअघि नेपाल बंगालादेश बैंक हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ । )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?