+
+

रोलबल विश्वकप खेल्न नेपाली टोली भारत जाँदै

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ५ गते २०:४१

५ वैशाख, काठमाडौं । छैटौं रोलबल विश्व कपमा सहभागी हुन रोलबल टोली बिहीबार भारतको अरुणाचल प्रदेश प्रस्थान गर्ने भएको छ ।

टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।

अप्रिल २१ देखि २६ तारिखसम्म हुने प्रतियोगितामा नेपालको पुरुष/महिला दुवै टोली सहभागी हुनेछ ।

पुरुष टोलीमा अभिषेक मानन्धर (कप्तान), उज्ज्वल महर्जन, राज श्रेष्ठ, राहुल खत्री क्षेत्री, अन्शल श्रेष्ठ, विजय खनाल, विदूग श्रेष्ठ, इमोन यादव, समिप लामिछाने र सम्मान केसी रहेका छन् ।

महिला टोलीमा पासाङ याङ्जी शेर्पा (कप्तान), वितिशा महर्जन, प्रसीका बोहरा, रिया श्रेष्ठ, नयना शाक्य, आयुशषा बलामी, रिभा महर्जन, सुनिचा भाजु, अनुप्रिया तन्डुकार र रिती श्रेष्ठ छन् ।

नेपाल रोलबल संघका अध्यक्ष वीरकृष्ण महर्जनको नेतृत्वमा जाने टोलीको अफिसियलमा महासचिव डिकेश प्रधान, प्रशिक्षकमा सुनिल धागे, व्यवस्थापकमा शन्तबहादुर शाक्य र चिकित्शकमा मनीषकुमार शाह रहेका छन् ।

प्रतियोगितामा नेपालसहित २७ राष्ट्रको सहभागिता रहने रोलबल संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?