+
+

सम्पन्न भयो बिस्केट जात्रा

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ६ गते ६:०५

६ वैशाख, काठमाडौं । भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट (बिस्का:) जात्रा सम्पन्न भएको छ ।

गत चैत २७ गते टौमढीबाट भैरवको रथ तानेर बिस्केट जात्रा सुरु भएको थियो । मंगलबार बेलुका सबै पूजा सम्पन्न भएपछि गःहिटीबाट पुनः भैरवको रथ तानेर टौमढी ल्याई देवतालाई देवगृहमा पुर्याएर जात्रा सम्पन्न भएको हो ।

विक्रम संवत् अनुसार सौरमासको आधारमा चल्ने यो जात्रा नयाँ वर्षको चार दिनअघि तान्त्रिक विधिअनुसार सुरु गरी वैशाख ५ गते सम्पन्न गरिन्छ । काठैकाठले प्यागोडा शैलीमा निर्माण गरिएको तीनतले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराइसकेपछि परम्पराअनुसार गःहिटीबाट माथिल्लो र तल्लो क्षेत्रका बासिन्दाले रथ तान्ने गर्दछन् ।

रथ तान्ने क्रममा स्थानीयबीच ढुंगा हानाहान र झडपका घटना हुने गरेको छ । विगतका वर्षहरुमा जस्तै यसपटक पनि स्थानीयबीच ढुंगा हानाहान भएको थियो ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीका अनुसार जात्राको सुरुको दिन रथ तान्ने क्रममा राति ढुङ्गा हानाहान गर्ने ११ जना पक्राउ परेका थिए भने २३ जना घाइते भएका थिए । जात्राको अन्तिम दिन पनि अप्रिय घटना नहोस् भनेर नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, अनुसन्धान विभाग र सिभिल प्रहरी गरी एक हजार पाँच सय सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?