+
+

सिद्धार्थ आर्ट ग्यालरीमा एक महिने चित्रकला प्रदर्शनी

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ६ गते १३:११
तस्वीर सौजन्य : चित्रकार बालकृष्ण वनमाला

काठमाडौं । बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा एक महिने चित्रकला प्रदर्शनी सुरु हुँदैछ  । आगामी जेठ ५ गतेसम्म भक्तपुरका डिभोटी आर्टिस्ट सर्कल र ख्वपः पौभा च्वमी पुचःले तयार पारेका चित्रकला प्रदर्शनी हुने जनाइएको छ ।

डिभोटीले परम्परागत र आधुनिक शैलीको पेन्टिङ प्रदर्शन गर्नेछ भने स्वपः पौभाले थान्का कलाको प्रदर्शन गर्नेछ ।

डिभोटीका चित्रकार बालकृष्ण वनमालाले आफूहरुको समूहमा ११ जना रहेको र प्रत्येकको कम्तीमा एउटा पेन्टिङ समावेश हुने बताए । ख्वप पौभाले २८ जना कलाकारको थान्का प्रदर्शनीमा राख्नेछ ।

चित्रकला प्रदर्शनीको बुधबार साँझ ५ बजे उद्घाटन हुनेछ । प्रदर्शनी शनिबारबाहेक हरेक दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?