+
+

बेलिब्रिज भाँचिदा मृत्यु हुने २ पुगे, घाइतेलाई हेलिकप्टरबाट नेपालगञ्ज लगियो

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ७ गते १८:११

७ वैशाख, रूकुम पश्चिम । भेरी नदीको निर्माणाधीन बेलिब्रिज भाँचिदा मृत्यु हुने २ पुगेका छन् । दुवै मृतक भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डीएसपी निमराज भट्टराइका अनुसार मृत्यु हुनेमा भारतको बहराइच जिल्लाका अन्दाजी ४० वर्षिय पुर्षोतम राजकुमार र अन्दाजी ४० वर्षिय धर्मेन्द्र गौतम छन् ।

दुर्घटनमा परी ३ जना गम्भिर घाइते भएका छन् भने ४ जनाको अवस्था सामान्य छ । गम्भीर घाइतेलाई नेपाली सेनाको हेलिकोप्टर कोहोलपुर मेडिकल कलेज लगिएको छ । उक्त पुलमा ९ जना कामदार खटिएका थिए ।

जसमध्ये ८ जना भारत बहराइच जिल्ला मधुवापुरका र १ जना नेपालको नवलपरासीका छन् । गम्भीर घाइते हुनेमा भारत बहराइच मधुवापुरका ३२ वर्षिय सञ्जयकुमार गौतम, ६० वर्षिय राजकुमार हरिजन चमार र बर्दिया नगरपालिका– १० का ३८ वर्षिय गोपाल चमार भन्ने हरिजन छन् । उनीहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको डीएसपी भट्टराइले बताए ।

भारत बहराइच मधुवापुरका ३२ वर्षिय गोरख नाथ, सोही ठाउँका ५० वर्षिय मैकु गौतम र १९ वर्षिय सोनु चुमार र नवलपरासीका क्रेन चालक २५ वर्षिय निरजकुमार चौधरीको अवस्था समान्य छ । उनीहरुको उपचार जाजरकोटकको प्राथमिक स्वास्थ्य केन्द्र दल्लीमा भइरहेको छ ।

जाजरकोटको नलगाड नगरपालिका- १२ को तल्लुबगर र रुकुम पश्चिमको आठबीसकोट नगरपालिका ४ छरेबगर डावा जोड्ने पुल स्काभेटरले काम गर्दै गर्दा भाँचिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?