
७ वैशाख, सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेशसभा संसदीय दलको प्रमुख सचेतकमा सांसद हिक्मत विष्ट चयन भएका छन् ।
बिहीबार बसेको कांग्रेस संसदीय दलको बैठकपछि संसदीय दलका नेता जीवनबहादुर शाहीले विष्टलाई दलको प्रमुख सचेतकमा नियुक्त गरेका हुन् ।
दलको बैठकले सबैको सहमतिमा विष्टलाई प्रमुख सचेतक चयन गरेको नेता जीवनबहादुर शाहीले जानकारी दिए । विष्ट कालिकोट (२) बाट प्रदेशसभामा निर्वाचित सांसद हुन् ।
प्रदेश सभामा यसअघि नेकपा माओवादीले मात्र सचेतक तोकेको थियो । नेकपा एमालेले अझै दलको सचेतक तोकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4