+
+

नेपाली कलाकारदेखि शाहरुख, जस्टिन बिबरसम्मले गुमाए ट्वीटरको ब्लु टिक

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ८ गते १२:५६

काठमाडौं । ट्वीटरले शुक्रबारदेखि पैसा नतिर्ने प्रयोगकर्ताको ब्लु टिक हटाउन सुरु गरेको छ । अर्बपति एलन मस्कले कम्पनी खरिद गरेसँगै ल्याएको यो नियमको कारण संसारका चर्चित सेलिब्रिटीले समेत ब्लु टिक गुमाएका छन् । चलेका नेपाली सेलिब्रिटीको समेत ब्लु चेक भेरिफेकसन हटेको छ भने केहीको कायमै छ ।

बलिउड अभिनेता शाहरुख खान, सलमान खान, अमिताभ बच्चनदेखि हलिउड गायिक जस्टिन बिबरसम्मले ब्लु टीक गुमाएका छन् । हलिउडमा ओफ्रा विन्फ्रे, जस्टिन बिबर, किम कार्दसियन, बिग गेट्स, जेके रोलिङ, जे जेड, बियोन्से, ह्यारी स्टाइल्स, रोबर्ट डाउनी जुनियरको पनि गुमेको छ ।

भारतमा ऐश्वर्या राय बच्चन, आलिया भट्ट, विराट कोहलीको पनि ब्लु टिक गुमेको छ ।

नेपाली मूलका हलिउड फेसन डिजाइनर प्रबल गुरुङदेखि नेपाली कलाकारहरु राजबल्लभ कोइराला, केकी अधिकारी, नम्रता श्रेष्ठ, प्रियंका कार्की, रेखा थापा लगायतको पनि ट्वीटर ब्लु टिक हटेको छ । ब्लु चेकमार्कका लागि प्रयोगकर्ताले मासिक आठ डलर तिर्नुपर्ने व्यवस्था छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष अध्यक्ष केपी ओली, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, रास्वपा सभापति रवि लामिछानेसहित राजनीतिक दलका नेताको पनि ब्लुटिक हटेको छ । यस्तै केही नेपाली मिडियाको पनि ब्लुटिक हटेको छ ।

ट्वीटरले सन् २००९ देखि नक्कली अकाउन्टलाई निरुत्साहन गर्न भेरिफिकेसनको सुरुवात गरेको थियो । यद्यपि सन् २०२२ मा मस्कले ट्वीटर खरिद गरेपछि उनले यो नियम परिवर्तन गर्दै नीलो चेकमार्कमा सब्सक्रिप्सन प्रणाली सुरु गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?