+
+

आइफोन-१५ सिरिजमा अहिलेसम्मकै शक्तिशाली क्यामेरा हुने

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ८ गते १७:०१

काठमाडौं । एप्पलले हरेक वर्ष जस्तै यस वर्ष पनि सेप्टेम्बरमा आफ्नो नयाँ आइफोन-१५ सिरिज लन्च गर्ने तयारी गरिरहेको छ । आइफोनप्रेमीले यसपटक पनि नयाँ आइफोन सिरिजलाई लिएर नयाँ फिचर तथा सुविधाहरुको अपेक्षा गरिरहेका छन् ।

यसैक्रममा आइफोन-१५ सिरिजमा अहिलेसम्मकै उत्कृष्ट तथा अत्याधुनिक प्रविधिको क्यामरा लेन्स उपलब्ध हुने समाचार सार्वजनिक भएको छ । एप्पलले आफ्नो आगामी संस्करणको फ्लागसिप आइफोनमा पेरिस्कोप क्यामेरा लेन्स राख्ने दाबी गरिएको छ । यसका लागि एप्पलले आगामी आइफोन-१५ प्रो म्याक्सका लागि एक अर्को आपूर्तिकर्तालाई समावेश गर्ने योजना बनाइरहेको छ ।

आइफोन-१५ प्रो म्याक्समा एउटा पेरिस्कोप क्यामरा सेन्सर रहने बताइएको छ । यो एक प्रकारको टेलिफोटो लेन्स हो, जसले एउटा एंगल मिररको माध्यमबाट क्यामराको इमेज सेन्सरतर्फ प्रकाशलाई परावर्तन गर्छ र त्यसबाट उत्कृष्ट म्याग्निफिकेसन प्राप्त हुन्छ । प्रकाशको दिशामा परिवर्तनबाट आइफोन-१५ प्रो म्याक्सले कुनै धमिलोपन बिना नै उच्च गुणस्तरको तस्वीर खिच्न सक्छ ।

आइफोन-१५ मा पाँच गुणा बढी अप्टिकल जूम उपलब्ध हुने बताइएको छ । अहिलेको सबैभन्दा पछिल्लो आइफोन-१४ प्रो म्याक्समा तीन गुणा अप्टिकल जूम रहेको छ । यसका लागि जिनियस इलेक्ट्रोनिक अप्टिकलले नयाँ आइफोनको क्यामराका लागि उक्त पेरिस्कोप सिस्टम निर्माण गर्ने बताइएको छ । यद्यपि यस विषयमा एप्पलले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

आइफोन-१५ सिरिजमध्ये आइफोन-१५ प्रोमा निकै पातलो भेजल्स रहनेछ । डिस्प्लेमा भेजल्स केवल १.५५ मिलिमिटरको हुनेछ । नयाँ आइफोनसँगै क्यामेरा मोडलमा पनि परिवर्तन देखिनेछ । आइफोन-१५ प्रोमा उत्कृष्ट स्क्रिन टु बडी रेसियो हुनेछ । अर्थात् यसबाट फोनको डिस्प्ले साइजलाई कम नगरी फोनलाई अझै कम्प्याक्ट बनाउन सकिनेछ ।

त्यस्तै आइफोन-१५ प्रो सिरिजले केवल ई सिम मात्रै सपोर्ट गर्न सक्ने बताइएको छ । आइफोन १४ सिरिजलाई अमेरिकी बजारमा केवल ई सिम मोडलमा मात्र पेश गरिएको छ भने विश्वका अन्य भागमा आपूर्ति हुने आइफोनमा भने र्इ सिम र फिजिकल सिम दुवै स्लट उपलब्ध हुनेछन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?