+
+

अदालतमा बहसपैरवी गर्ने कानून व्यवसायीलाई ‘ड्रेस कोड’

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ८ गते १८:२३

८ पुस, काठमाडौं। बहसपैरवीका लागि अदालतमा उपस्थित हुने कानून व्यवसायीहरुले तोकिएको पोशाक लगाउनुपर्ने भएको छ ।

नेपाल कानून व्यवसायी परिषदले तयार पारेको ‘कानून व्यवसायीको पेसागत आचरण सम्बन्धी नियमावली, २०७९’ मा यस्तो व्यवस्था गरिएको हो ।

नयाँ व्यवस्था अनुसार कानून व्यवसायीहरुले तोकिएको पोशाकमा अदालतमा उपस्थित भएर बहसपैरवी गर्न थालेका छन् । सर्वोच्च अदालतको पूर्ण बैठकले स्वीकृत गरेको नियमावलीमा पुरुष र महिला कानून व्यवसायीहरुका लागि ३/३ वटा विकल्प दिइएको छ ।

नियमावली अनुसार, पुरुष कानून व्यवसायीहरुले राष्ट्रिय पोसाक दौरा सुरूवालमा कालोकोट, ढाकाको टोपी वा भादगाउँले कालो टोपी लगाउनुपर्नेछ ।

त्यसको विकल्पमा कालो कोट, कालो पाइन्ट, सादा सेतो सर्ट, छालाको तुनासहितको औपचारिक ढाकाको टोपी वा भादगाउँले कालो टोपी, टाई वा नेक बेन्ड लगाउनुपर्नेछ ।

उनीहरुलाई तेस्रो विकल्प पनि छ । जस अनुसार, कालो रङ्गको गाउन, सादा सेतो सर्ट, स्टान्ड, कालो पाइन्ट लगाउनुपर्नेछ ।

जुनसुकै पोशाक लगाएपनि छालाको तुनासहितको औपचारिक कालो जुत्ता र सादा सेतो देखिने सुतीको मोजा वा कालो गाढा रंगको सुतीको मोजा अनिवाय गरिएको छ ।

महिला कानून व्यवसायीको लागि कालो कोटमा सारी, चोलो वा ब्लाउज वा सादा रंगको कुर्ता र सलवार तोकिएको छ । विकल्पमा कालो कोट, कालो पाइन्ट, सादा सेतो सर्ट छ । अथवा कालो रङ्गको गाउन, सादा सेतो सर्ट, स्टान्ड, कालो पाइन्ट लगाउनुपर्नेछ । छालाको औपचारिक कालो जुत्ता र सादा सेतो देखिने सुतीको मोजा वा कालो गाढा रंगको सुतीको मोजा सबैलाई अनिवार्य गरिएको छ ।

आसौच बारेका कानून व्यवसायीहरुलाई आफ्नो रीति तथा परम्परा बमोजिमको पोसाक लगाउन छुट दिइएको छ ।

हरेक कानून व्यवसायीले नेपाल कानून व्यवसायी परिषद् वा नेपाल बार एसोसिएसनले जारी गरेको ब्याच अनिवार्य लगाउनुपर्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?