+
+

आईएमडीबीले सार्वजनिक गर्‍यो गर्मीयाममा यस वर्ष प्रतीक्षित १० भारतीय फिल्मको सूची

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १० गते १३:४३
यस वर्षको प्रतीक्षितमध्येको फिल्म 'जवान'को एक दृश्यमा शाहरुख खान

काठमाडौं । फिल्मको डेटा संकलन गर्ने विश्वप्रसिद्ध पोर्टल आईएमडीबीले यस गर्मीयामका बहुप्रतीक्षित भारतीय फिल्मको सूची सार्वजनिक गरेको छ । पोर्टलले सन् २०२३ को सुरुवाती ६ महिनामा प्रदर्शन हुने तयारीमा रहेका प्रतीक्षित फिल्मको सूची सार्वजनिक गरेको हो ।

यो सूचीमा शाहरुख खान स्टारर ‘जवान’ शीर्षस्थानमा छ । ‘पठान’पछि ‘जवान’लाई लिएर शाहरुखमा अलग क्रेज देख्न पाइएको छ । यसबाहेक सूचीमा रणवीर कपुरको ‘एनिमल’, प्रभासको ‘आदिपुरुष’, रणवीर सिंह र आलिया भट्ट स्टारर ‘रकी और रानीकी प्रेम कहानी’ सामेल छन् ।

शीर्षस्थानमा रहेको शाहरुखको फिल्म ‘जवान’ २ जुन २०२३ मा प्रदर्शन तयारीमा छ । दोस्रो स्थानमा रहेको रणवीर कपुरको ‘एनिमल’ ११ अगस्ट २०२३ मा रिलिज हुँदैछ । ओम राउत निर्देशित र प्रभासको शीर्ष भूमिका रहेको ‘आदिपुरुष’ तेस्रो स्थानमा छ, जुन फिल्म १६ जुनमा प्रदर्शन हुनेछ ।

कुनै समयको ब्लकबस्टर फिल्म ‘गदर’को दोस्रो शृंखला ‘गदर २’ चौथो स्थानमा छ । यो फिल्म ११ अगस्टमा रिलिज हुनेछ । पाँचौं स्थानमा रहेको ‘छत्रपति’ १२ मेमा प्रदर्शन हुनेछ । बेल्लमकोंडाले यही फिल्मबाट बलिउडमा डेब्यु गर्दैछन् । यो फिल्म प्रभासको तेलुगू फिल्म छत्रपतिको यही नामको हिन्दी रिमेक हो ।

अजय देवगणको फिल्म ‘मैदान’ छैटौं नम्बरमा छ । फिल्मले सन् १९५२ देखि १९६२ सम्मको भारतीय फुटबलको स्वर्णिमकाललाई चित्रण गर्नेछ । यो फिल्म २३ जुन २०२३ मा रिलिज हुनेछ । सिद्धार्थ मल्होत्रा, राशी खन्ना र दिशा पटानी स्टारर फिल्म ‘योद्धा’ ७ जुलाई २०२३ मा रिलिज हुँदैछ । यो फिल्मले आईएमडीबीको सूचीमा सातौं स्थान हासिल गरेको छ ।

‘रकी और रानीकी प्रेम कहानी’ आठौं स्थानमा छ । आलिया भट्ट र रणवीर सिंहको यो फिल्म २८ जुलाई २०२३ मा रिलिज हुनेछ । यस फिल्ममा रणवीर र आलियासहित धर्मेन्द्र, जया बच्चन र शबाना आजमी पनि महत्वपूर्ण भूमिकामा देखिनेछन् । सन् २०२३ को गर्मीयाममा रिलिज हुने यो फिल्मले आईएमडीबीको सूचीमा आठौं स्थान पाएको छ ।

फिल्म निर्माता प्रशान्त बर्माको फिल्म ‘हनुमान’ नवौं स्थानमा छ, जुन फिल्म १२ मे २०२३ मा रिलिज हुँदैछ । फिल्मको मुख्य कलाकार तेजा सज्जा हुन् । यसको टिजरलाई मानिसहरुले निकै रुचाएका छन् । टिजर हेरेर दर्शकले फिल्मको भीएफएक्स पछिल्लो समय बनेका धेरै ठूला बजेटका फिल्मभन्दा राम्रो रहेको बताएका छन् ।

यो फिल्मको बारेमा मानिसले धेरै सुनेका छैनन् होला, तर नागा चैतन्यको फिल्म ‘कस्टडी’ यो सूचीमा दशौं स्थानमा छ । फिल्म १२ मे २०२३ मा सिनेमाघरमा रिलिज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?