+
+

७३ लागे मदनकृष्ण, रक्तदान कार्यक्रम गरेर मनाए जन्मदिन

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १० गते १८:३५

काठमाडौं । अभिनेता मदनकृष्ण श्रेष्ठले आइतबार ७३ औं जन्मदिन मनाएका छन् । उनको जन्मदिनको अवसरमा पाटन दरबार स्क्वायरमा रक्तदान कार्यक्रमको आयोजना गरियो । त्यहाँ हरिवंश आचार्य, किरण केसी लगायतको उपस्थिति थियो ।

‘रक्तदान जीवनदान’ भन्ने नारासहित मदनकृष्णले बर्थडे मनाएका हुन् । उक्त कार्यक्रममा कलाकार र सर्वसाधारणले पनि रक्तदान गरे । हास्य कलाकार समेत रहेका श्रेष्ठलाई सर्वसाधारणले बर्थडेको शुभकामना समेत दिएका छन् । मदनकृष्णले बर्सेनि सामाजिक कार्यक्रम गरेर जन्मदिन मनाउँदै आएका छन् ।

मदनकृष्णले २०४२ सालमा फिल्म ‘के घर के डेरा’मार्फत कथाकार र गीतकारको रुपमा फिल्म यात्रा थालेका थिए । उनी अभिनित पछिल्लो फिल्म ‘महापुरुष’ गत वर्षको हिट फिल्म हो । बलिदान, राजामती, सिलु, लोभीपापी उनी अभिनित हिट फिल्महरु हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?