+
+

राजस्थानमाथि बेंगलोरको रोमाञ्चक जित

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १० गते २०:२१

१० वैशाख,  काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलोरले ईन्डियन प्रिमियर लिग (आईपीएल)मा शीर्ष स्थानमा रहेको राजस्थान रोयल्समाथि ७ रनको रोमाञ्चक जित हात पारेको छ ।

आइतबार बेंगलुरस्थित एन चिन्नास्वामी स्टेडियममा भएको रोएल्स टिमको भिडन्तमा बेंगलोरले बाजी मारेको हो ।

बेंगलोरले दिएको १९० रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १८२ रन मात्र बनायो ।

अन्तिम ओभरमा राजस्थानलाई जितका लागि २० रन चाहिएको थियो । जहाँ रविचन्द्र आश्विनले बेंगलोरका हर्शल पटेलले सुरुको ट्टीन बलमा १० रन जोड्दै जितको सम्भावना बाँकी राखेको थिए । तर चौथो बलमा आश्विन आउट भए भने त्यसपछि दुई बलमा राजस्थानले २ रन मात्र जोड्न सक्यो ।

राजस्थानका लागि देवदत्त पडिकलले ३४ बलमा ७ चौका र १ छक्काको सहयोगमा ५२ रन बनाए । यशस्वी जैसवालले ३७ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ४७ रन बनाए ।

ध्रुव जुरेल १६ बलमा २ चौका र २ छक्कामा अविजित ३४ रन बनाएपनि जितसम्म पुर्‍याउन सकेनन् । बेंगलोरका हर्षल पटेलले ३ तथा डेबिड विल्ली र मोहम्मद सिराजले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो ।

बेंगलोरका ग्लेन म्याक्सवेलले ४४ बलमा ६ चौका र ४ छक्काको मदतमा सर्वाधिक ७७ रन बनाए ।

यस्तै फाफ डु प्लेसिसले ३९ बलमा ८ चौका र २ छक्का हान्दै ६२ रन बनाए । राजस्थानका लागि ट्रेन्ट बोल्ट र सन्दीप शर्माले समान २ तथा युजभेन्द्र चहल र रविचन्द्रन आश्विनले १-१ विकेट लिए ।

चौथो जित निकालेको बेंगलोर ७ खेलबा६ ८ अंक जोड्दै पाँचौ स्थानमा उक्लेको छ । अंकतालिकाको शीर्ष ६ स्थानमा रहने सबै टिमको समान ८ अंक नै छ । तेस्रो हार बेहोरेपनि ७ खेलबाट ८ अंक रहेको राजस्थान शीर्ष स्थानमा कायम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?