+
+

संसदमा तोसिमा कार्कीले सोधिन् : मेरो प्रश्नको जवाफ सरकारले कहिले दिन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १२ गते १४:३९

१२ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले संसदमा सांसदहरुले उठाएका प्रश्नको सरकारले जवाफ नदिएको भन्दै असन्तुष्टि जनाएकी छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आफूले स्वास्थ्य बीमा, नख्खु–भैंसेपाटी सडक र स्वास्थ्यकर्मीको दरबन्दीका विषयमा राखेको प्रश्नको सरकारले जवाफ नै नदिएको बताएकी हुन् ।

‘हामी प्रश्न उठाउँछौं, उत्तर आउँदैन । प्रतिनिधिसभा नियमावली २०७९ को नियम १५ को उपनियममा स्पष्ट व्यवस्था छ–७ दिनभित्र सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्छ । तर, खैं ललितपुरमा स्वास्थ्य बीमा कहिले आउँछ ? नख्खु–भैंसेपाटी सडक कहिले बनिसक्छ ? स्वास्थ्यकर्मीको दरबन्दी कहिले बढछ ? यी प्रश्नहरुको जवाफ आएन ।’

सरकारलाई सदनप्रति र सदनलाई जनताप्रति उत्तरदायी बनाउनुपर्ने भन्दै सांसद कार्कीले अहिलेसम्म संसदमा के–के प्रश्न उठे, ती प्र्र्र्र्रश्नहरुको अवस्था के छन् आम नागरिकले हेर्न मिल्ने गरी वेबसाइटमा राख्न माग गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?