+
+

एसईईका नक्कली परीक्षार्थी : कोही अभिभावकको जिम्मामा, कोही ४० हजार धरौटीमा छुटे

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १४ गते १८:०४

१४ वैशाख, विराटनगर । अर्काको नाममा एसईई परीक्षा दिएको आरोपमा पक्राउ परेका सबै परीक्षार्थी छुटेका छन् ।

जिल्ला अदालत मोरङले १८ वर्ष उमेर पुगेका परीक्षार्थीलाई धरौटी र नाबालक परीक्षार्थीलाई अभिभावकको जिम्मा लगाउने आदेश दिएको हो ।

जिल्ला अदालत मोरङका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इलजासले थुनछेक बहसपछि १८ वर्ष उमेर पुगेका १६० जना परीक्षार्थीलाई जनही ४० हजार रूपैयाँ धरौटीमा पूर्पक्षका लागि छाड्ने आदेश दिएको हो ।

आदेशपछि १६० जना परीक्षार्थी धरौटी बुझाएर छुटेका छन् । ३४ जना नाबालक परीक्षार्थीलाई भने अभिभावकको जिम्मा लगाउने आदेश भएको जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए ।

नक्कली परीक्षार्थी परिचालन गर्ने इन्स्टिच्युटका सञ्चालक धरानका सन्तोष राईलाई भने अदालतले दुई वटा मुद्दामा एक–एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको उनले बताए ।

अर्काको नाममा परीक्षा दिएको आरोपमा मोरङका तीन वटा परीक्षा केन्द्रबाट गत चैत २२ र २३ गते परीक्षर्थी पक्राउ परेका थिए ।

प्रहरीले केराबारी गाउँपालिका–७ स्थित सार्वजनिक माध्यमिक विद्यालय केन्द्रबाट १ सय २६, ग्रामथान गाउँपालिका–२ झोराहाटको सरस्वती मावि केन्द्रबाट ५३ र सुन्दरहरैँचा नगरपालिका–१ हरैँचास्थित जनता मावि केन्द्रबाट १५ जनालाई पक्राउ गरेको थियो ।

प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले सुन्दरहरैँचा र ग्रामथानबाट पक्राउ परेकाविरुद्ध मंगलबार र केराबारीबाट पक्राउ परेकाविरुद्ध बुधबार शिक्षा ऐन २०२८ को कसूर अनुसार मुद्दा दर्ता गरेको थियो बुधबार र बिहीबारको बहसपछि अदालतले थुनछेक आदेश दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?