+
+
फ्राइडे रिलिज :

हलमा लागे नाइँ नभन्नु ल ६, प्रसाद २, पासाङ र कैदीको पत्र

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १५ गते ११:२७
'प्रसाद २' को एक दृश्य

काठमाडौं । हलमा ‘जारी’को दबदबा कायमै रहँदा चार नयाँ फिल्म शुक्रबारदेखि प्रदर्शनमा आएका छन् । नयाँ रिलिजमध्ये ‘नाइँ नभन्नु ल ६’, ‘प्रसाद २’ र ‘कैदीको पत्र’ कथानक फिल्म हुन् भने ‘पासाङ : इन द स्याडो अफ एभरेष्ट’ डकुमेन्ट्री । ‘जारी’ पनि धेरै शोसहित तेस्रो सातामा प्रवेश गरेको छ ।

विकासराज आचार्य निर्देशित ‘नाइँ नभन्नु ल ६’ को लम्बाइ २ घण्टा ५ मिनेट छ । ड्रामा जनरामा राखिएको यो फिल्ममा आशिर्वाद बराल र आँचल शर्माको शीर्ष भूमिका छ । किशोर र तन्नेरी पुस्ताको प्रेम र परिवारको कथावस्तुमा बनेको यो फिल्ममा प्रियंका कार्की, केकी अधिकारी, सरोज खनालको पनि अभिनय छ ।

सुदर्शन थापा निर्देशित ‘प्रसाद २’ को लम्बाइ २ घण्टा १४ मिनेट छ । विपिन कार्की, केकी अधिकारी र अर्पण थापाको शीर्ष भूमिका रहेको फिल्ममा यसका मुख्य पात्रहरु बाबुराम र नारायणीको जीवनयात्राको कथा पेश गरिएको छ । अघिल्लो भागपछिको कथावस्तु यसमा छ । अन्तरजातीय विवाह गरेर गाउँबाट भागेको यो जोडीले दोस्रो भागमा राजनीति र समाजका अवरोधसँग संघर्ष गर्नुपर्छ ।

सनमकुमार बैराग निर्देशित ‘कैदीको पत्र’को लम्बाइ २ घण्टा १० मिनेट छ । कुनाल विश्व, म्याडिसन लाजारुस, सलिना थापाको शीर्ष भूमिका रहेको फिल्मले बेलायतको नेपाली समुदायमा भएको त्रिकोणात्मक सम्बन्धमा आउने उतारचढावको कथा पेश गर्छ ।

शुक्रबार नै क्यूएफएक्सका हलमा पासाङ ल्हामु शेर्पाबारेको डकुमेन्ट्री फिल्म ‘पासाङ : इन द स्याडो अफ एभरेष्ट’ पनि रिलिज भएको छ । एक घण्टा १२ मिनेट लामो यो फिल्मलाई अमेरिकी निर्देशक न्यान्सी स्भेन्डसेनले निर्देशन गरेकी हुन् । चौथो पटकको प्रयासमा पासाङ ल्हामुले कसरी सर्वोच्च शिखर आरोहण गरेर पहिलो नेपाली महिलाको कीर्तिमान राखिन् भन्ने वास्तविक कथावस्तु यसले पेश गर्छ । फिल्ममा पासाङ ल्हामुको हिमाल आरोहणका वास्तविक दृश्य र चित्रहरु समेटिएका छन् ।

आजदेखि तेस्रो सातामा चलिरहेको ‘जारी’ पनि उच्च शोसहित प्रदर्शन भइरहेको छ । ‘छक्कापञ्जा ४’ शुक्रबारदेखि मल्टिप्लेक्सबाट हटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?