+
+

छुट्टाछुट्टै घटनामा गुल्मीका २ महिलाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १५ गते १४:३२

१५ वैशाख, गुल्मी। छुट्टाछुट्टै घटनामा गुल्मीका २ जना महिलाको मृत्यु भएको छ । इस्मा गाउँपालिकामा कुलोमा डुबेर र सत्यवती गाउँपालिकामा घाँस काट्ने क्रममा लडदा ३७ र ३५ वर्षीया महिलाको मृत्यु भएको हो ।

इस्मा गाउँपालिका वडानम्बर-२ सामाचौर वस्ने ३७ वर्ष मायाँ खत्री कुलोमा डुबेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) डिल्लीनारायण पाण्डेले बताए ।

शुक्रबार बिहान ५ बजे स्थानीय छल्दी पनाह बाट भालु खोला सामाचौर हुँदै भलातारी तर्फ बग्ने पानीको कुलोमा डुबी मृत अबस्थामा शव फेला परेको हो ।

शवलाई पोष्टमार्टका लागि गुल्मी अस्पताल ल्याइएको छ । घटना बारे थप अनुसन्धान भइरहेको डिएसपी पाण्डेले बताए ।

त्यस्तै जिल्लाको सत्यवती गाउँपालिकामा घाँस काटने क्रममा भीरबाट लडेर एक जना महिलाको मृत्यु भएको छ ।

जिल्लाको सत्यवती गाउँपालिका वडानम्बर ३ ठूलोलुम्पेका ३५ वर्षकी गीता सुनारको घाँस काट्ने क्रमम भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?