
२१ वैशाख, काठमाडौं । काठमाडौंको रत्नपार्क, टुँडिखेल, दरबारमार्ग क्षेत्रमा हरेक वर्ष वसन्त ऋतुमा एउटा नीलो फूल फुलेको देखिन्छ । सडक किनाराका झ्याम्म हाँगा फिँजिएका रुखभरि नीलो फूल देख्दा सहर पनि रमाइलो देखिन्छ ।
धेरै लामो समयदेखि फुल्दै आएको यो फूलको नाम जाकाराण्डा हो । कमलपोखरी, दरबारमार्ग, रत्नपार्क, घण्टाघर, सिंहदरबार, शहीदगेट र टुँडिखेल वरपरका सडक छेउमा जाकाराण्डा फुलेको देखिन्छ ।
फूललाई पृष्ठभूमि पारेर फोटो र भिडियो खिच्नेको कमी छैन । फूल खसेर भुइँसमेत निलाम्मे भएका छन् । जाकाराण्डाको फूलमा भुल्ने चराहरु पनि उत्तिकै छन् ।
हेर्नुहोस् तस्वीरहरु
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4