+
+

कीर्तिपुरमा क्रिकेट हेर्न उर्लिएको भीड (तस्वीरहरु)

विकास श्रेष्ठ, शंकर गिरी विकास श्रेष्ठ, शंकर गिरी
२०८० वैशाख १६ गते १९:२३

१६ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कपको सेमिफाइनलका खेल शनिबार वर्षाका कारण प्रभावित भयो । कीर्तिपुरमा नेपालमा र कुवेतबीच र मूलपानीमा युएई र ओमानबीच सेमिफाइनल खेल भइरहेका थिए । युएई र ओमानबीचको खेलको निर्णय भने डीएलएस प्रणालीबाट भयो, जहाँ युएई विजयी भयो ।

कीर्तिपुरमा भएको खेलमा भने कुवेतले जम्मा ८.३ ओभर ब्याटिङ गरेका कारण डीएलएस प्रणालीबाट पनि निर्णय हुन सकेन । नेपाल समूह विजेता भएर सेमिफाइनल पुगेका आधारमा विजेता घोषित गरियो । तर वर्षाले खेल नरोकिँदासम्म भएको प्रदर्शनका आधारमा भने नेपाल जितको हकदार थियो ।

टस हारेर नेपालले ब्याटिङ गर्दा २३.२ ओभरको खेल सकिँदा वर्षाका कारण स्थगित भएको थियो । त्यसपछि पानी पर्न छाडेपछि खेललाई ४२ ओभरमा घटाइएको थियो । नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाएर २८१ रन बनाएको थियो । डीएलएस प्रणालीका आधारमा कुवेतले २८१ रनको लक्ष्य पाएको थियो ।

तर बलरले उत्कृष्ट प्रदर्शन गर्दा नेपाल जिततर्फ उन्मुख थियो । ८.३ ओभरमा ३७ रन बनाउँदा कुवेतले ६ विकेट गुमाइसकेको थियो । तर त्यति नै बेला वर्षा भएर खेल स्थगित हुन पुग्यो ।

शनिबारको साप्ताहिक बिदा र नेपालको महत्वपूर्ण खेल भएकाले हजारौं क्रिकेट समर्थक त्रिवि मैदानमा खेल हेर्न पुगेका थिए । भारी वर्षाका कारण उनीहरु निथ्रुक्कै भिजेका थिए ।

हेर्नुहोस् तस्वीरहरु

 

   

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?