+
+

कानेपोखरीमा प्रशासनिक केन्द्र सार्न मतदान

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १७ गते १८:४४

१७  वैशाख, विराटनगर। मोरङको कानेपोखरी गाउँपालिकाको केन्द्र सर्ने भएको छ । प्रमुख प्रशासकीय भवनसहितको केन्द्र सार्ने निर्णय गाउँसभाले गरेको हो ।

पालिकाको प्रशासनिक केन्द्र कानेपोखरी ८ रमाईलो बजारमा छ । आइतबारको गाउँसभा बैठकले कानेपोखरी ५ भौसबारीमा सार्ने निर्णय गरेको हो ।

पालिकामा लामो समयदेखि केन्द्र सार्ने पर्ने माग थियो । गाउँसभामा सार्ने सहमति नभएपछि  आइतबार मतदान भएको थियो । बहुमत सदस्यले सार्ने पक्षमा मतदान गरे  ।

कानेपोखरी गाउँपालिका उपाध्यक्ष भोला अधिकारीका अनुसार ३९ सदस्यीय गाउँसभा सदस्य मध्ये २७ जनाले सार्ने पक्षमा मतदान गरेका थिए  । सात जनाले यथास्थानमा राख्नुपर्ने पक्षमा मतदान गरे ।

पालिका अध्यक्ष राजमती इङनामले भने मतदान प्रक्रियामा सहभागी भइनन् । एक भोट बदर भएको थियो । तीन जनाले मतपत्र खाली राखेको अधिकारीले जानकारी दिए ।

१३औं गाउँसभाको तेस्रो बैठकमा वडा नम्बर २ का वडाध्यक्ष सुशील बुढाथोकीले गाउँसभामा पालिकाको केन्द्र पालिकाले खरिद गरेको वडा नम्बर ५ भौंसाबारीमा सार्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा सहमति हुन नसकेपछि मतदान भएको थियो ।

कानेपोखरी गाउँपालिकाले गत आर्थिक वर्ष २०७८/०७९ मा पालिकाको केन्द्र स्थापनाको लागि भन्दै भौंसाबारीमा १ विगाहा जग्गा २ करोड ५ लाखमा खरिद गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?