+
+

साढे दुई महिना भारतमा उपचारपछि फर्किए सांसद चन्द्र भण्डारी

‘आगलागीका घटना र आगलागीपछिको मृत्युदर रोक्न काम गर्छु’

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १७ गते २०:१९
तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर

१७ वैशाख, काठमाडौं । ग्यास चुहावटका कारण भएको आगलागीमा जलेर गम्भीर घाइते भएका नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी साढे दुई महिना भारतमा उपचारपछि आइतबार स्वदेश फर्किएका छन् ।

उनले आफ्नो उपचारमा सहयोग गर्ने र स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन् । ३ फागुन २०७९ मा घरमै भएको आगलागीमा परी भण्डारीकी आमाको भने निधन भएको थियो । आगामी दिनमा आगलागीबाट हुने घटनाहरु कम गर्न नीति निर्माण तहमा वा अन्य कुनै पनि ढंगले योगदान गर्न सके आमाका लागि श्रद्धाञ्जली हुने सांसद भण्डारीले बताएका छन् ।

उनले अब नेपालमा आगलागीबाट हुने घटनाहरु कम गर्न तथा आगलागीबाट हुने मृत्युदर कम गर्न पैरवी गर्ने घोषणा पनि गरेका छन् । ‘त्यसैले मेरो अभियान हुनेछ, कुनै नेपालीले आगोमा जल्नुनपरोस्, आगलागीमा परेको कुनै पनि नेपालीले मर्नु नपरोस्’ भण्डारीले स्वदेश फर्केपछि जारी गरेको प्रेस नोटमा भनेका छन् ।

विदेशमा उपचार गर्न जाने आफ्नो चाहना नभएको तर चिकित्सकहरुले यहाँ सम्भव नहुने देखेर भारत लैजान सिफारिस गरेको भन्दै भण्डारीले आगामी दिनमा आगलागीमा परेका नेपालीको उपचार गर्न सक्ने पूर्वाधार र जनशक्ति नेपालमै तयार गर्नुपर्ने बताए ।

‘म नेपाल सरकारलाई त्यो पूर्वाधारसहितको सातैवटा प्रदेशमा कमसेकम एक एक वटा बर्नस् अस्पताल बनाउन र जनशक्ति तयार गर्न आवश्यक बजेट व्यवस्थ ागर्न आग्रह गर्न चाहन्छु’ भण्डारीले भनेका छन् ।

संघीय सांसदका रुपमा आफ्नो कार्यकालमा आगलागीबाट हुने मृत्युदरलाई आधाले कम गर्ने लक्ष्य लिएर अभियानको नेतृत्व गर्ने भण्डारीले बताएका छन् ।

हेर्नुहोस् भण्डारीको  प्रेस नोट :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?