+
+

चेन्नाईमाथि पञ्जावको रोमाञ्चक जित

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १७ गते २०:४२

१७ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएलमा पञ्जाव किंग्सले चेन्नाई सुपर किंग्समाथि आइतबार ४ विकेटको रोमाञ्चक जित हात पारेको छ ।

सिकन्दर राजले अन्तिम बलमा ३ रन जोडेपछि पञ्जावले २०१ रनको लक्ष्य ६ विकेट गुमाएर पूरा गरेको हो ।

चेन्नाईको घरेलु मैदान एम ए चिदम्बरम स्टेडियममा भएको खेलमा पञ्जावलाई जितका लागि अन्तिम ओभरमा ९ रन आवश्यक थियो । जसमा सिकन्दर राजा नायक बनेपछि पञ्जावले अन्तिम बलमा रोमाञ्चक जित निकालेको हो ।

चेन्नाईका मथिशा पथिरानले बलिङ गरेको अन्तिम ओभरको पहिलो बलमा सिकन्दर राजाले १ रन लिए । दोस्रो बलमा साहरुख खानले १ रन बनाएका थिए ।

तेस्रो बलमा सिकन्दर राजाले रन जोड्न सकेनन् । यस्तोमा ३बलमा ७ रन चाहिएको थियो ।

त्यसपछि राजाले चौथो र पाँचौ बलमा २-२ रन जोडेका थिए । अन्तिम बलमा जितका लागि ३ रन चाहिएको अवसथ्मा राजा र साहरुख खान मिलेर ३ रन जोडे । राजाले ७ बल खेल्दै अविजित १३ रन बनाए ।

पन्जाबका लागि ओपनर प्रभसिमरन सिंहले २४ बलमा ४ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ४२ रन बनाए ।

लियम लिभिङस्टोनले पनि २४ बल नै खेल्दै १ चौका र ४ छक्का प्रहार गरी ४० रन बनाए । साम करनले २९, कप्तान शिखर धवनले २८ र जितेश शर्माले २१ रन बनाए । चेन्नाईका लागि तुसार देशपान्डेले ३ तथा रविन्द्र जडेजाले २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०० रन बनाएको थियो । चेन्नाईका ओपनर डेभोन कनले अविजित रहँदै सर्वाधिक ९२ रन बनाए । उनले ५२ बल खेल्दै १६ चौका र १ छक्का प्रहार गरे ।

अर्का ओपनर रुतुराज गायकवाडले ३७ र शिभव दुवेले २८ रन बनाए । कप्तान महेन्द्र सिंह धोनीले ४ बलमा २ छक्का प्रहार गर्दै अविजित १३ रन बनाए ।

पन्जाबका लागि सिकन्दर राजा, साम करन, अर्शदिप सिंह र राहुल चहरले समान १ विकेट लिए । पाँचौ जितपछि पञ्जाव ९ खेलबा६ १० अंक जोड्दै पाँचौ स्थानमा उक्लिएको छ । अन्य तीन टोलीको पनि समान १० अंक भएपनि रनरेटमा पञ्जाव पछि छ । चौथो हार बेहोरेको चेन्नाईको पनि ९ खेलबाट १० अंक नै छ र चौथो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?