+
+

लगातार हारपछि मनाङका प्रशिक्षक श्रेष्ठले दिए राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १८ गते १७:१५

१८ वैशाख, काठमाडौं । शहीद स्मारक एडिभिजन लिगमा लगातार हारको नतिजापछि मनाङ मर्स्याङ्दी क्लबका प्रमुख प्रशिक्षक किरण श्रेष्ठले पदबाट राजीनामा दिएका छन् ।

क्लबका अध्यक्ष विजय घलेले प्रमुख प्रशिक्षकबाट श्रेष्ठले व्यक्तिगत कारण देखाएर राजीनामा दिएको पुष्टि गरे । नयाँ प्रशिक्षक नियुक्तिका लागि सोमबार साँझ क्लबका पदाधिकारीबीच छलफल हुने अध्यक्ष घलेले अनलाइनखबरलाई बताए ।

मनाङले गत माघमा आहा रारा गोल्डकप सुरु हुनुअघि मनाङले राष्ट्रिय टिमको सहायक प्रशिक्षक रहिसकेका श्रेष्ठलाई प्रमुख प्रशिक्षकको जिम्मेवारी दिएको थियो । उनको प्रशिक्षणमा मनाङले तिलोत्तमा गोल्डकपको उपाधि जितेको थियो ।

अधिकांश युवा तथा फुटसलबाट आएका खेलाडीलाई समेटेर टिम निर्माण गरेको मनाङले फागुनदेखि ए डिभिजन लिग सुरु गरेको थियो ।

सुरुवाती ७ खेलबाट १५ अंक जोडेको मनाङ त्यसयता लगातार ६ खेलमा पराजित भएको छ । लिगमा अहिलेसम्म भएका १३ मध्ये ४ जित, ३ बराबरी र ६ हारको नतिजासहित मनाङ अंकतालिकाको दशौं स्थानमा छ ।

मनाङ रेलिगेसन क्षेत्रबाट मात्र २ अंकले अगाडि छ । ए डिभिजन लिग इतिहासमा सबैभन्दा धेरै ८ पल्ट लिग जितेको मनाङको खराव लय नै पशिक्षक राजीनामाको मुख्य कारण हो ।

डवल राउण्ड रोविन प्रणालीमा सञ्चालन भइरहेको लिगको पहिलो चरण सकिएको छ । दोस्रो चरणको खेल मंगलबारदेखि सुरु हुँदैछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?