+
+

सावित्राको दुई गोलमा गोकुला केरलाको लगातार तेस्रो जित

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १९ गते १७:२९

१९ वैशाख, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी गोल मेसिन सावित्रा भण्डारीले भारतमा जारी इन्डियन महिला लिगमा उत्कृष्ट प्रदर्शन कायम राख्दै लगातार तेस्रो खेलमा गोल गरेकी छन् ।

सावित्राको दुई गोल मद्दतमा गोकुलम केरलाले मंगलबार होप्स फुटबल क्लबलाई ३-० ले पराजित गर्दै लगातार तेस्रो जित हात पारेको हो ।

सावित्राले दुवै गोल दोस्रो हाफमा गरेकी थिइन् । असेम रोजा देवीले ३८औं मिनेटमा गोल गर्दै गोकुलम केरलालाई अग्रता दिलाएकी थिइन् ।

त्यसपछि सावित्राले ४९औं र ६३औं मिनेटमा गोल गरी टिमको जित पक्का गरिन् । सावित्राले यसअघि दुवै खेलमा ह्याट्रिक गरेकी थिइन् ।

पहिलो खेलमा इस्ट बंगला विरुद्ध ५ गोल गरेकी सावित्राले दोस्रो ओडिसा स्पोर्ट्स विरुद्ध ४ गोल गरेकी थिइन् ।

तीन खेलमा ११ गोल गरेकी सावित्रा सर्वाधिक गोल गर्नेमा शीर्ष स्थानमा छन् ।

तीन खेलमा शतप्रतिशत जितपछि गोकुलम केरालाको ९ अंक भएको छ । समूह ए मै यसअघि लगातार दुई खेल जितेको मुम्बई नाइट्सले तेस्रो खेलमा मिसाका युजाइटेडसँग गोलरहित बराबरी खेलेको छ ।

यस्तै नेपालकी गोलकिपर कप्तान एन्जिला तुम्बापो सुब्बा सम्मिलित सेथु एफसीले समूह्य बी मा लगातार दुई खेल जित्दै ६ अंक जोडेको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?