+
+

गुल्मीमा महिला हत्या आरोपमा ३ जना कारागार चलान

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २० गते १५:११

२० वैशाख, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–७ वामीमा एक महिलाको हत्या आरोप लागेका ३ अभियुक्त पुर्पक्षको लागि कारागार चलान भएका छन् ।

वामीमा होटल सञ्चालन गर्दै आएकी ५८ वर्षीया गंगा शेरचनको गत माघ १५ गते हत्या भएको थियो ।

शेरचनको शव उनकै होटलभित्र फेला परेकी थिइन् । उनको हत्या आरोपमा बाग्लुङको बडिगाड गाउँपालिका–७ का थम्मनबहादुर घर्ती, मकवानपुर घर भई काठमाडौंको चन्द्रगिरी नगरपालिका–१० बस्ने लोकबहादुर दर्लामी र सिन्धुपाल्चोक घर भई काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–७ बस्ने शिवबहादुर तामाङ पक्राउ परेका थिए ।

उनीहरु जिल्ला अदालतमा थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको र हाल जिल्ला कारागार गुल्मीमा पठाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) डिल्लीनारायण पाण्डेले बताए ।

होटल सञ्चालक शेरचन मृत भेटिएपछि अनुसन्धानका क्रममा प्रहरीले गत फागुनमा थम्मनबहादुर घर्तीलाई पक्राउ गरेको थियो ।

उनले तीनजना मिलेर हत्या गरेको बयान दिएपछि लोकबहादुर दर्लामी र शिवबहादुर तामाङ २८ चैतमा धुलिखेलबाट पक्राउ परेका थिए । उनीहरुको बयान अनुसार हत्यामा संलग्न अझै एक जना फरार रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?