+
+

ईपीएसमार्फत कोरिया जाँदा तोकिएभन्दा बढी भाडा लिनेविरुद्ध उजुरी आह्वान

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २१ गते ९:००

२१ वैशाख, काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जाँदा तोकिए बमोजिमको मूल्यमामात्रै हवाई टिक लिन सूचित गरिएको छ ।

युनिभर्सल टुर्स एण्ड ट्राभल्स प्रालिले सूचना जारी गर्दै सरकारसँग भएको सम्झौता अनुसार तोकिएको भाडा तिरेर कोरिया जान अनुरोध गरेको हो ।

गत माघ तीन गते वैदेशिक रोजगार विभागको ईपीएस शाखा र युनिभर्सल टुर्स एण्ड ट्राभल्स प्रालिबीच भएको सम्झौता अनुसार ८९५ अमेरिकी डलर भाडा निर्धारण गरिएको छ ।

सोही अनुसार राष्ट्र बैंकको प्रचलित विनिमयदरबमोजिम हुन आउने रकम सौझै तोकिएको बैंक खातामा जम्मा गरी टिकट लिन अनुरोध गरिएको छ ।

यदि, कसैले तोकिएको रकमभन्दा बढी रकम लिएमा वा लिने प्रयास गरेमा उजुरी गर्न आह्वान गरिएको छ ।

उजुरी अमेरिकी डलर वैदेशिक रोजगार विभागको ईपीएस शाखा र युनिभर्सल टुर्स एण्ड ट्राभल्स प्रालिको ईपीएस शाखामा गर्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?