+
+

भुटानी शरणार्थी प्रकरणमा संलग्नहरु कानुनको दायरामा आउनुपर्छ : कांग्रेस प्रवक्ता

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २२ गते १८:२४

२२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भनेर गरिएको ठगीमा संलग्न जो सुकैलाई कारबाही गर्नुपर्ने बताएका छन् ।

पार्टी पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुले सोधेको प्रश्नमा प्रवक्ता महतले भने ‘यो जघन्य अपराध हो, यस्तो खाले क्रियाकलापको जति निन्दा गरेपनि अपर्याप्त हुन्छ।’

उनले अघि भने, ‘यसमा को-को संलग्न छन् ? कसरी संलग्न भए ? अनुसन्धान गर्ने निकायले बाहिर ल्याउला, त्यसको न्याय निरुपण होला । जो-जो सहभागी छन्, उनीहरुको सजायको दायरामा आउनुपर्छ, आउँछन्।’

छानबिन गर्दै जाँदा आफूतिर पनि प्रश्न आयो भने के हुन्छ भन्ने प्रश्नमा उनले भने, ‘जसले गलत काम गरेको छ, कानुनी कठघरामा आउनुपर्छ । यो उ भन्ने छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?