 
																			२२ वैशाख, काठमाडौं । डा. मिनेन्द्र रिजाल नेपाली कांग्रेसको केन्द्रीय सदस्य मनोनित भएका छन् ।
सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (१०) बमोजिम डा. रिजाललाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका हुन् ।
गत महाधिवेशनमा शेखर कोइराला प्यानलबाट महामन्त्री उठेका उनी पराजित भएका थिए । महामन्त्रीमा पराजय भोगेसँगै उनले रक्षामन्त्रीबाट समेत राजीनामा दिएका थिए ।
देउवाले आफ्नो प्यानलबाट महामन्त्रीमा हारेका डा. प्रकाशशरण महतलाई केन्द्रीय सदस्य, पार्टी प्रवक्ता, समानुपातिक सांसद हुँदै अर्थमन्त्री बनाएका छन् । तर रिजालले गत निर्वाचनमा चुनाव लड्न टिकटसमेत पाएका थिएनन् ।
महाधिवेशनको डेढवर्षपछि रिजाल बल्ल केन्द्रीय सदस्य मनोनित भएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4