+
+

फिल्म ‘सोली डोली’ घोषणा, किरण नेपालीले निर्देशन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २४ गते १३:५४

काठमाडौं । रेड बर्ड प्रोडक्सनको प्रस्तुतिमा फिल्म ‘सोली डोली’ निर्माणको घोषणा गरिएको छ । निर्माणपक्षले फिल्मको नाम र निर्माण टिमको नाम मात्र सार्वजनिक गरेको छ । यो फिल्मलाई ‘दुई नम्बरी’ फिल्मका निर्माता किरण नेपालीले निर्देशन गर्दैछन् ।

फिल्ममा चार नायक र तीन नायिका रहने निर्माणपक्षले बताएको छ । कलाकारको नाम केही दिनमा नै सार्वजनिक गर्ने निर्देशक किरण नेपालीको तयारी छ । फिल्मलाई कमेडी कथावस्तुमा निर्माण गर्न लागिएको किरणले बताए । उनले यसअघि पोइ पर्‍यो काले र दुई नम्बरी निर्माण गरेका थिए ।

‘सोली डोली’को छायांकन असोजदेखि सुरु हुने किरणले जानकारी दिए । फिल्ममा अमलादेवी राई, प्रदीप भारद्वाज, हिमालय शर्मा र सुरज आचार्यको लगानी रहनेछ । सरोज नेपाली कार्यकारी निर्माता रहेको फिल्ममा भारद्वाजको कथा छ ।

किरणले फिल्म ‘हात्तीछाप’को निर्माणको समेत तयारी गरेका छन् । ‘हात्तीछाप’को छायांकन सकेपछि ‘सोली डोली’को छायांकन सुरु गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?