+
+

यामाहाको ‘ब्लु स्ट्रिक्स’ कार्यक्रम सुरू

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २४ गते १७:२८

काठमाडौं । यामाहा नेपालले ‘ब्लु स्ट्रिक्स’ कार्यक्रम सुरू गरेको छ । यामाहा नेपालले नक्सालस्थित यामाहा ब्लू स्क्वायरमा २२ वैशाखमा ‘ब्लु स्ट्रिक्स’ कार्यक्रम सुरू गर्ने घोषणा गरेको हो ।

यामाहाका मालिकहरूलाई एकै ठाउँमा ल्याउन र चालक तथा उनीहरूका मोटरसाइकलहरूबीच बलियो सम्बन्ध बढाउन ल्याइएको ‘ब्लू स्ट्रिक्स’ एक रोमाञ्चक र नवीन कार्यक्रम भएको कम्पनीले बताएको छ । यसले  एउटा सशक्त यामाहा परिवार सिर्जना गर्ने विश्वास कम्पनीको छ ।

‘ब्लु स्ट्रिक्स’ आफ्ना ग्राहकहरूसँग गहिरो सम्बन्ध विकास गर्न र भविष्यमा ‘म्यान-मेसिन’ अन्तरक्रियालाई थप आकर्षक र रोमाञ्चक अनुभव बनाउने प्रतिबद्धताको एक हिस्सा भएको कम्पनीले बताएको छ ।

कम्पनीका अनुसार ‘ब्लु स्ट्रिक्स’ कार्यक्रममा सामेल भएर यामाहा मालिकहरूले यामाहा समुदायसँग संलग्न भई विभिन्न फाइदा र अवसरहरू प्राप्त गर्नेछन् । प्रमोशनदेखि लिएर छुटहरूसम्म प्रदान गरी ‘ब्लु स्ट्रिक्स’ ले यामाहा मालिकहरूका लागि थप निकटता र रमाइलो अनुभव सिर्जना गर्ने लक्ष्य राखेको छ ।

माउ इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्रीले ‘ब्लु स्ट्रिक्स’को सुरुवात यामाहाका लागि महत्वपूर्ण कोसेढुङ्गा भएको बताए ।

‘हामी सम्पूर्ण यामाहा मालिकहरूलाई एकै ठाउँमा ल्याउन र उनीहरूसँग बलियो सम्बन्ध बनाउन पाउँदा हर्षित छौं । हाम्रो लक्ष्य भनेको मोटरसाइकल र खुला सडकप्रति आफ्नो प्रेम बाँड्न सक्ने भावुक र जिम्मेवार यामाहा मालिकहरूको समुदाय सिर्जना गर्नु हो’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?