+
+

नेपालमा यामाहाको रे जेड आर १२५ एफआई सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ९ गते १९:०५

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक एमएडब्लू इन्टरप्राइजेजले शहरी यातायातमा सौन्दर्य थप्नेगरी यामाहाको मौलिक शैली र प्रदर्शनलाई नवीन प्रविधिसँग जोडेर बहुप्रतीक्षित रे जेडआर १२५ एफआई स्ट्रिट र्‍याली हाइब्रिडको अनावरण गरेको छ ।

मनमोहक ‘मेट कपर’ र ‘स्पार्कल ग्रीन’ रङ्गहरूमा उपलब्ध रे जेड आर स्ट्रिट र्‍याली १२५ एफआई हाइब्रिड ‘मोटरसाइकल-स्कुटर इभोलुसन’को अवधारणासँग मेल खान्छ । यसको बडीमा थपिएको स्टायलिस मेटल प्लेट, ब्रस गार्ड र फराकिलो ब्लक प्याटर्न टायरले यसलाई अझै भव्य बनाउँछ ।

कम्पनीका अनुसार रे जेड आर १२५ स्ट्रिट र्‍याली एफआई हाइब्रिड बलियो एयर कुल्ड, फ्युल इन्जेक्टेड (एफाई) १२५ सीसी ब्लू कोर इन्जिनद्वारा सञ्चालित छ जसले दक्षता र रोमाञ्चक सवारीका लागि नयाँ मानक स्थापना गर्दछ । यस स्कुटरलाई यसको ग्राउन्ड ब्रेकिंग ‘स्वचालित स्टप र स्टार्ट प्रणाली’ले अरुभन्दा फरक बनाउँछ जो  इन्जिन निष्क्रिय हुनबाट जोगाउन बुद्धिमानीपूर्वक बनाइएको हो।

कम्पनीका अनुसार यसले इन्धनको उत्सर्जन घटाउँछ र त्यसको दक्षतालाई बढाउँछ। एकल थ्रोटल ट्विस्टको साथ निर्बाध रूपमा रि-स्टार्ट गर्दै यो प्रणालीले सवारी वातावरणको मूल्यांकन गर्न उन्नत सेन्सरहरू प्रयोग गरी राइडरहरूलाई प्रदूषणरहित र प्रभावकारी यात्रा प्रदान गर्दछ ।

नयाँपनमा ‘स्मार्ट मोटर जेनेरेटर’ (एसएमजी) पनि थपिएको छ जसले  एक बेग्लै पारम्परिक इलेक्ट्रिक स्टार्टर विना नै शान्त तरिकाले इन्जिन सुरु गर्न सक्छ । एक स्कुटर मात्र नभएर रे जेड आर १२५ एफआई स्ट्रिट र्‍याली हाइब्रिड यामाहाको पर्फर्मेन्समा कुनै सम्झौता नगरी दिगोपनप्रतिको अटल प्रतिबद्धताको प्रमाण भएको कम्पनीको भनाइ छ ।

नवीन सुविधाहरूले भरिएको यसमा उत्कृष्ट एलईडी हेडलाइट, प्रभावशाली एलईडी पोजिसन लाइटहरू र डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर समावेश छन् ।

स्पोर्टी डिजाइनमा समावेश ब्रस गार्ड आकर्षणका लागि मात्र नभई यसले राइडरलाई आउँदै गरेको वायुप्रवाहबाट सुरक्षित राख्दै एथलेटिसिज्मको स्पर्श समेत थप्छ । कडा मेटल प्लेट र फराकिलो ब्लक ढाँचाका टायरहरूद्वारा परिष्कृत यसको हल्का वजनले असाधारण पिकअप, उत्कृष्ट ह्यान्डलिंग र सुधारिएको माइलेज सुनिश्चित गर्दछ । स्कूटरमा त्रुटिरहित सवारी नियन्त्रण, सुरक्षा र आरामको लागि टेलिस्कोपिक सस्पेन्सन र युबिएसजडित फ्रन्ट डिस्क ब्रेक पनि रहेको कम्पनीले बताएको छ ।

कम्पनीका अनुसार २१ लिटर क्षमताको अण्डर-सीट स्पेस, मल्टी फंक्सन स्विच, दुई-स्तरको सिट र पास स्विचको साथमा यसले स्टायल, आराम र कार्यक्षमताका लागि डिजाइन गरिएको पूर्ण सवारीको प्याकेज प्रदान गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?