+
+

यामाहाद्वारा एफजेडमा १० वर्ष वारेन्टी

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ११ गते १३:३५

काठमाडौं । मोटरसाइकल उद्योग क्षेत्रमा अग्रणी नाम यामाहाले नेपालमा फ्युल इन्जेक्सन (एफआई) प्रविधि अङ्‍गीकार गरेको १५ वर्ष पूरा भएको छ ।

सो अवसरमा कम्पनीले आफ्ना उत्पादनप्रतिको विश्वास उजागर गर्न एफजेड सिरिजका बाइकमा १० वर्षको वारेन्टी उपलब्ध गराउने घोषणा गरेको छ । यस्तो वारेन्टी नेपालमा कुनै पनि दुई पाङ्ग्रे सवारी कम्पनीले पहिलो पटक प्रदान गरेको दाबी यमाहाले गरेको छ ।

फ्युल इन्जेक्सन टेक्नोलोजीले मोटरसाइकलको दुनियाँमा क्रान्तिकारी परिवर्तन गरेको छ । यसले राइडरलाई सुधारिएको इन्धन दक्षता र सहज कार्यसम्पादन प्रदान गर्दै प्रदूषण समेत घटाएको कम्पनीको भनाइ छ ।

नवप्रवर्तनको निरन्तर अध्ययन र खोजका लागि परिचित यामाहाले सुरुमै एफआई टेक्नोलोजीलाई अँगालेर त्यसलाई उत्कृष्ट सवारी अनुभव प्रदान गर्नका लागि प्रयोग गर्दै सफलता समेत हासिल गरिसकेको कम्पनीले जनाएको छ ।

नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लू इन्टरप्राइजेज लिमिटेडका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले यो १० वर्षको वारेन्टी असाधारण गुणस्तर र विश्वसनीयता प्रदान गर्ने यामाहाको प्रतिबद्धताको प्रमाण भएको बताए ।

यामाहाको १० वर्षको वारेन्टीले मोटरसाइकल उद्योगको क्षेत्रमा सवारी चालकहरूलाई अतुलनीय आत्मविश्वास प्रदान गर्ने नयाँ मानक स्थापित गर्दछ ।

माथिल्लो मुस्ताङको दुर्गम भूभागदेखि काठमाडौंको भीड सडकसम्म यामाहा एफजेड बाइकहरूले बारम्बार आफ्ना क्षमताहरू प्रमाणित गर्दै आएका छन् । अब १० वर्षको वारेन्टीको साथ राइडरहरूले अझ बढी मानसिक शान्ति लिएर आफ्नो साहसिक यात्रा सुरु गर्न सक्ने विश्वास कम्पनीको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?