+
+
Shares

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा लगानी आवेदन खुल्यो, मुद्दतीमा भन्दा धेरै ब्याज पाइने

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २९ गते ११:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय वाणिज्य बैंकको ७ वर्षे आरबीएल डिबेन्चर २०८९ मा आजदेखि लगानी आवेदन खुलेको छ।
  • ऋणपत्रमा वार्षिक ६ प्रतिशत ब्याज पाइनेछ र न्यूनतम २५ कित्तादेखि आवेदन दिन सकिनेछ।
  • कुल ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता निष्कासन हुने ऋणपत्र कात्तिक १० देखि १२ गतेसम्म आवेदन खुल्नेछ।

२९ असोज, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा लगानी आवेदन खुलेको छ । बैंकले ७ वर्षे अवधिको ऋणपत्रमा आजदेखि आवेदन खुलाएको हो ।

यस ऋणपत्रमा लगानी गर्नेले वार्षिक ६ प्रतिशतका दरले ब्याज पाउने छन् । जुन ब्याज बैंकहरूले मुद्दती निक्षेपमा दिनेभन्दा धेरै हो । हाल वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपको लामो अवधिका लागि अधिकतम साढे ४ प्रतिशत मात्रै ब्याज दिने गर्दछन् ।

आरबीएल डिबेन्चर २०८९ नामक यस ऋणपत्रमा अंकित मूल्य १ हजारका दरले न्यूनतम २५ कित्ता लगानी गर्न सकिनेछ । छिटोमा कात्तिक १० र ढिलोमा १२ गतेसम्म आवेदन खुल्नेछ ।

बैंकले कुल ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको बिक्री प्रबन्धक कुमारी क्यापिटलले एक सूचनामार्फत जानकारी दिएको छ । जसमध्ये ६० प्रतिशत व्यक्तिगत तवरबाट बाँडफाँट हुनेछ भने ४० प्रतिशत सर्वसाधारणतर्फ बाँडफाँट हुनेछ ।

अनलाइन प्रणाली मेरोसेयरमार्फत ऋणपत्रमा आवेदन दिन सकिनेछ । त्यस्तै सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखाबाट पनि आवेदन दिन सकिनेछ । ऋणपत्र दोस्रो बजारमा सूचीकृत भइ कारोबार समेत हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?