+
+
Shares

खाद्य व्यवस्था कम्पनीको सीईओका लागि ३ जनाको नाम सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २९ गते १२:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको रिक्त सीईओ पदका लागि डिल्लीराज लम्साल, संगीता यादव र होमनाथ न्यौपाने सिफारिस भएका छन्।
  • उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समितिले १६ उम्मेदवारको अन्तर्वार्ता र कार्ययोजना मूल्यांकन गरी उत्कृष्ट तीन जनाको नाम छानेको हो।
  • मन्त्रिपरिषद्ले अब सिफारिसमध्ये एक जनालाई कम्पनीको सीईओ नियुक्त गर्ने कानुनी प्रावधान छ।

२९ असोज, काठमाडौं । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि तीन जनाको नाम सिफारिस भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा गठित सिफारिस समितिले उम्मेदवारहरूको कार्ययोजना र प्रस्तुतीकरणको मूल्यांकनमा सबैभन्दा बढी अंक प्राप्त गर्ने तीन जना प्रतिस्पर्धीलाई उक्त पदका लागि सिफारिस गरेको हो ।

सिफारिसमा पर्नेहरूमा तनहुँका डिल्लीराज लम्साल, सिरहाकी संगीता यादव र काठमाडौंका होमनाथ न्यौपाने रहेका छन् ।

मन्त्रालयको समितिले १७ र १८ असोजमा सीईओ पदका लागि आवेदन दिएका १६ जना उम्मेदवारहरूको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरण लिएको थियो । सोही मूल्यांकनका आधारमा उत्कृष्ट तीन जनाको नाम छनोट गरिएको हो ।

अब सिफारिस समितिले पठाएको यी तीन जनाको नाममध्येबाट मन्त्रिपरिषद्को बैठकले एक जनालाई कम्पनीको सीईओका रूपमा नियुक्त गर्ने कानुनी प्रावधान छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा गत वैशाखको तेस्रो सातादेखि सीईओ पद रिक्त रहँदै आएको छ । सरकारले ल्याएको नयाँ अध्यादेशका कारण तत्कालीन सीईओ रमेश आचार्य आफ्नो कार्यकाल बीचमै पदमुक्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?