+
+

राष्ट्रिय सभा सदस्य रायमाझीको व्यंग्य : माननीय सकिएपछि भुटानी शरणार्थी बन्ने त होला ?

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २४ गते १८:०२

२४ वैशाख, काठमाडौं । राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै भएको ठगीका बारमो कसैको दबाबमा नपरीकन कारबाहीे प्रक्रिया अघि बढाउन उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आग्रह गरेका छन् ।

आइतवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्ता ठगी प्रकरणमा जोडिएकाहरुको छानबिन नहुने हो भने समाजले कहिल्यै पनि माफी नदिने बताए ।

दोषीमाथि कारबाही हुनसके मात्रै अहिलेको व्यवस्था बच्ने भन्दै रायमाझीले दोषीलाई कारबाहीको कठघरामा उभ्याउन सक्नुपर्ने बताए ।

राष्ट्रिय सभाको कार्यकाल सकिएको दिनबाट हामी पनि भूटानी शरणार्थी बन्न जाने हो कि ? भन्दै व्यंग्य गरे । ‘भूटानी शरणार्थीको कुरा छ । माननीय सकिएको दिन त हामी पनि उतै लाग्ने हो कि ? भूटानी नै हौँ भनेर,’ उनले भने, ‘त्यस्तो खालको संस्कार र संस्कृतिबाट गएको सरकार संसदबाट जनताले के अपेक्षा गर्ने ?’

यो ठगी प्रकरणमा जोडिएका र पक्राउ पुर्जि जारी भइसकेका पूर्वमाओवादीका नेतालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जोगाउन लागेको आरोप उनले लगाए ।

‘मेरै बन्धु माननीय टोपबहादुर रायमाझीको चर्चा छ । बन्धुको चर्चा अलिकति रमाइलो लाग्यो । उहाँको अब अहिले माया गरेको हो की होइन, प्रतिपक्ष दलको नेताले सरकारले कुरा गर्न खोज्दा समय उपलब्ध नहुने, बोलचाल बन्द गर्ने, तर आफ्नो पार्टीको सचिव चर्चा भूटानी शरणार्थीमा आएपछि धेरै चासो गरेको देखाउनु भयो,’ उनले भने, ‘मलाई त खासै माया गरेको जस्तो लाग्दैन । किनभने उहाँको झड्केलो छोरो हो । हिजो माओवादीको नेता । खासै माया गरेको जस्तो त लागेन । आफ्नो सन्तान हुँदाहुँदै अरुलाई माया गर्दैनन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?