+
+

कांग्रेसमा तेस्रो पुस्ता सक्रिय : पार्टी रुपान्तरणका एजेण्डामा देशभर छलफल गर्ने निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २४ गते १८:४४

२४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको तेस्रो पुस्ताका नेताहरुले पार्टी रुपान्तरणका एजेण्डामा देशभर छलफल गर्ने भएका छन् ।

शनिबार र आइतबार गरी दुई दिनसम्म भएको छलफलले सातै प्रदेशमा अन्तर्क्रिया गर्ने निर्णय गरेको हो । ‘पार्टी रुपान्तरणको एजेण्डा के हुने ? र, कुन बाटोबाट प्राप्त गर्ने ? भनेर देशभरका साथीहरुसँग छलफल हुन्छ’, केन्द्रीय सदस्य मधु आचार्यले भने ।

उनका अनुसार सातै प्रदेशमा जेठभित्र अन्तर्क्रिया गरिसक्ने गरी संयोजक समेत तोकिएका छन् ।

कोशीमा गुरु घिमिरे, मधेशमा रञ्जित कर्ण, बागमतीमा मधु आचार्य, गण्डकीमा देवराज चालिसे, लुम्बिनीमा डा. गोविन्द पोखरेल, कर्णालीमा भुपेन्द्रजंग शाही र सुदूरपश्चिम प्रदेशमा भरतबहादुर खड्का संयोजक छन् ।

संयोजनको जिम्मा पाएका सबै नेता संस्थापन इतर समूहका हुन् । तर छलफलमा संस्थापन पक्षकै नेताहरु पनि सहभागी रहेको आचार्य बताउँछन् ।

‘जब नेतृत्वले पार्टीको सैद्धान्तिक अस्तित्वमाथि नै संकट आउने गरी गठबन्धनको राजनीति अघि बढायो, त्यसयता हामी निरन्तर छलफलमा छौं । उपचुनावपछि बसाइ बाक्लो भएको छ’, उनले भने ‘यसमा यो वा त्यो समूह भन्ने छैन । पार्टीमा रुपान्तरण चाहने सबै नेताहरु हुनुहुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?