+
+

लखनउलाई हराएपछि गुजरात आईपीएलको प्लेअफ नजिक

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २४ गते १९:५६

२४ वैशाख, काठमाडौं । साविक विजेता गुजरात टाइटन्सले इन्डियन प्रिमयर लिगमा आइतबार लखनउ सुपर जायन्ट्लाई ५६ रनले पराजित गरेको छ ।

सिजनको आठौं जितपछि शीर्ष स्थानको गुजरातले ११ खेलबाट १६ अंक जोडेको छ र दोस्रो स्थानको चेन्नाई सुपर किंग्समाथि ३ अंकको अग्रता समेत बनाएको छ ।

पराजित लखनउको ११ खेलबाट ११ अंक छ र तेस्रो स्थानमै छ । ब्याटिङमा दुई ओपनर शुभमन गिल र ऋद्दिमन शाह तथा बलिङमा मोहित शर्मा चम्केपछि गुजरातले लखनउमाथि सानदार जित निकालेको हो ।

गुजरातको घरेलु मैदान नरेन्द्र मोदी स्टेडियममा २२८ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ७ विकेट गुमाएर १७१ रन मात्र बनाउन सक्यो ।

पहिलो विकेटका लागि कायल मेयर्स र क्वेन्टन डे ककले ८८ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएपनि त्यसपछि राम्रो साझेदारी बनाउन सकेन । कायल मेयर्स ३२ बलमा ४८ रन बनाएर पहिलो विकेटको रुपमा आउट भए ।

लखनउका लागि सर्वाधिक ७० रन बनाएका डेककले ४१ बल खेल्दा ७ चौका र ३ छक्का प्रहार गरे । यी दुई बाहेक दोहोरो अंकमा रन जोडेका आयुष बदोनीले २१ रदिपक हुडाले ११ रन बनाए । गुजरातका मोहित शर्मनले ४ ओभरमा २९ रन खर्चेर ४ विकेट लिए । मोहम्मद शामी, नुर अहमद र रासिद खानले समान एक विकेट लिए ।

त्यसअघि घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २२७ रन बनाएको थियो ।

ओपनरद्वय गिल र ऋद्दिमन शाहले पहिलो विकेटका लागि १२.१ ओभरमा १४२ रनको साझेदारी गर्दै सानदार सुरुवात दिलाएका थिए । गिलले अविजित ९४ रन बनाए । उनले ५१ बल खेल्दै २ चौका र ७ छक्का प्रहार गरे ।

४३ बल खेलेका ऋद्दिमनले १० चौका र ४ छक्का मदतमा ८१ रन बनाए ।

कप्तान हार्दिक पाण्ड्याले १५ बलमा २५ रन जो८ । डेभिड मिलरले १२ बलमा अविजित २१ रन बनाए । ८ बलर प्रयोग गरेका लखनउका लागि मोहसिन खान र आभेष खानले १-१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?