+
+

संसदमा आज प्रि-बजेट छलफल, अर्थमन्त्रीको जवाफ २७ गते

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २५ गते ६:३५

२५ वैशाख, काठमाडौं । संसदमा आजदेखि बजेटका सिद्धान्त तथा प्राथमिकता (प्रि-बजेट) माथि छलफल सुरु हुने भएको छ । त्यसका लागि प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बोलाइएको छ ।

प्रतिनिधि सभा बैठकमा आज (सोमबार)देखि २७ गतेसम्म प्रि-बजेट छलफल हुने संसद सचिवालयले जनाएको छ । बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म प्रि-बजेटमाथि छलफल गर्ने र २७ गते अर्थमन्त्री डा. महतले जवाफ दिने कार्यक्रम तय भएको छ ।

प्रतिनिधि सभाको बर्खे अधिवेशन अर्थात् बजेट अधिवेशन सुरु भएको पहिलो दिन (वैशाख २४ गते) नै अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरेका थिए । आजदेखि त्यसैमा छलफल हुन लागेको हो ।

संसदमा बजेट प्रस्तुत गर्नुभन्दा १५ दिन अगावै प्रि-बजेट छलफल समाप्त गरिसक्नुपर्छ । जेठ १५ गते संसदमा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक बाध्यता छ । अर्कोतर्फ नेकपा एमालेले २८ गतेदेखि केन्द्रीय समिति बैठक आह्वान गरेकाले पनि यही वैशाख २७ गते नै प्रि-बजेट छलफल सक्ने कार्यतालिका बनाइएको छ ।

प्रि-बजेट छलफलमा सांसदहरुले उठाएका प्रश्नका जवाफ अर्थमन्त्रीले दिइसकेपछि सरकारको नीति तथा कार्यक्रम आउने छ । त्यसपछि जेठ १५ गते बजेट प्रस्तुत हुनेछ ।

सरकारले आगामी वर्षका लागि आर्थिक गतिविधि चलायनमान गराउँदै फराकिलो र दिगो आर्थिक वृद्धि हासिल गर्ने गरी बजेट ल्याउने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?